काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुसँग भारतको नियामक सेक्युुुरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)को तुुलनामा ३०० गुणा बढी शुुल्क असूूल गर्छ ।

सेबीको (स्टक ब्रोकर्स एण्ड सब ब्रोकर्स) ,१९९२ को भाग बीमा शुुल्कबारे सेबीफीले व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार धितोपत्र खरिदबिक्रीमा ०.०००१ प्रतिशत कमिसन कायम छ । सोही व्यवस्थालाई टेकेर सेबीले ०.०००१ प्रतिशत वा प्रति करोड रु. १० मात्र लगानीकर्ताबाट सेबी फी असुुल गर्दछ, तर कोभिड१९ को महामारीमा उसले गत अप्रिल २७ तारिखमा प्रेस विज्ञप्तिमार्फत् आगामी मार्च २०२१ सम्म ५० प्रतिशत सेबी फीमा छुुट दिइएको जनाएको छ ।

यता, नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदबिक्रीमा लगानीकर्ताहरुसँग सेबो कमिसन शुुल्क ०.०१५ प्रतिशत उठाउँदै आइरहेको छ, जुुन अहिले तुुलना गर्दा भारतीय नियामकको भन्दा ३०० गुणा  धेरै हो ।

बोर्डले निकट समयमा नै ब्रोकर कमिसन घटाउने तयारी गरिरहेको छ। 

यसै सन्दर्भमा बोर्डले ब्रोकर कमिसन घटाउँदा सेबो कमिसन यथावत राख्ने तर ब्रोकर कमिसन कटौती गर्ने निर्णय गरिरहेको जानकारीमा आएको छ । 

नियामक धितोपत्र बोर्ड पूूँजीबजारका निम्ति एक स्वतन्त्र नियमनकारी निकाय हो ।

सरकारलाई लाभांश दिनै पर्ने प्रावधानसमेत नरहेको अवस्थामा सेबो कमिसन लिइनुु उचित नभएको प्रा.डा. मनोहरकृृष्ण श्रेष्ठ बताउँछन् ।

स्थापनाको २७ वर्ष बितिसक्दासमेत धितोपत्र बोर्डले एकाध बजारका सुुधार प्रयास गरेको भए पनि समग्र पूूँजीबजारको विकास तथा विस्तारमा हालसम्म कुनै माखो मार्न सकेको देखिँदैन भने  सूूचना तथा प्रविधिमा आधारित नियमन गर्न सकेको छैन । आम लगानीकर्ताहरुको हकहितका निम्ति स्थापित नियामकले नै छिमेकी मुुलुुकको नियामकीय फी भन्दा ३०० गुणा बढी शुुल्क उठाएर लगानीकर्ताहरुको थाप्लोमा थप भार थोपरेको बजार जानकारहरु बताउँछन् ।

बोर्डको खर्चंभन्दा आम्दानीको दायरा निकै धेरै पनि छ । बोर्डले हाल २०० बढी सूूचिकृत कम्पनी, ३२ मर्चेण्ट बैंक, ५० ब्रोकर कम्पनी, ६६ डीपी, २ क्रेडिट रेटिगं कम्पनी लगायतबाट विभिन्न शुुल्कहरु आम्दानी गर्छ । 

ब्रोकर कम्पनीहरुले कुुल नाफाको ०.६ प्रतिशत नाफा बोर्डसमक्ष बुुझाउँदै आइरहेका छन् भने सूूचिकृत कम्पनीका हकप्रद, बोनस सेयर दर्तामा समेत शुुल्क लिइन्छ । 

यसैगरी नयाँ कम्पनीहरुको आइपीओ र एफपीओमार्फत पनि बाक्लै रकम असुुल गर्छ । बोर्डले गरेको आम्दानी अनुुसार देशका केही मुुख्य सहरमा सेयर सचेतना र बोर्डस्थित कार्यालयमा नै पाक्षिक सेयर तालिममा खर्च गर्दछ । 

*यसअघि यो समाचारमा ३०० गुणा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

-सम्पादक