काठमाण्डौ । अब सिडिएस एण्ड क्लियरिङ(सिडिएससी) नै नगई बीओ टूू बीओ ट्रान्सफर हुुने भएको छ । अर्थात् आफ्नो नाममा रहेको जुुनसुुकै डिम्याटबाट आफ्नो नाममा सेयर ट्रान्सफर गर्न सकिने प्रणालीको विकास हुुुने भएको हो ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले कुुनै एक व्यक्तिको नाममा विभिन्न अलग–अलग डीपीमा रहेको  हितग्राही खाता(डिम्याट खाता)मा रहेको धितोपत्र आफूूले चाहेको आफ्नै नाममा रहेको डिम्याट खातामा ट्रान्सफर गर्न मिल्ने बनाइन लागिएको छ । 

सिडिएससीकै मेरो सेयर पोर्टलबाट युुुजर र पासवर्ड लिई सेयर ट्रान्सफर हुुने व्यवस्था हुुने लागेको हो । लकडाउनअघिबाटै यो प्रणालीको विकासका लागि सिडिएससीले हाल कार्य गरिरहेको सिडिएससीकी कामुु सीइओ कञ्चन सापकोटाले जानकारी दिएकी हुुन् । 

यस किसिमको प्रणाली विकासमा रहेका सम्भावना र लगानीकर्ताको सहजताका लागि चाँडै यो सेवा दिइन लागिएको उनको भनाइ छ । बीओ टूू बीओ ट्रान्सफर गर्दा देखिने अवसर तथा चूूनौतिलाई सिडिएससीले सूूक्ष्म रुपमा अध्ययन गरी प्रणालीको विकास गर्ने उनले दाबी समेत गरिन् ।

नेपाल धितोपत्र बोर्डले हाल २ वटा डिम्याट खाता मात्र सञ्चालन गर्ने प्रावधान राखे पनि विभिन्न सहजताका लागि लगानीकर्ताहरुको २ वा सोभन्दा बढी डिम्याट खाता सञ्चालनमा छन् । एउटै नाममा रहेको फरक दुुईवटा डीपीमा खोलिएको डिम्याट खाताबाट एक अर्को डिम्याट खातामा सेयर ट्रान्सफर गर्दा दुुवैको डीपीको पत्रसहित निश्चित शुुल्क तिरेपछि सिडिएससीकै मुुुख्य कार्यालय पुुतलीसडक गएपछि मात्रै ट्रान्सफर हुुने व्यवस्था रहेको छ ।

नेप्सेको अनलाइन प्रणालीमा एक व्यक्ति एक डिम्याट खाता मात्र पहिचान भई एउटा मात्र युुसीसी(युुनिक क्लाइन्ट कोड) उत्पति भई अनलाइन सेयर कारोबार भइरहेकोमा बीओटूू टूू बीओ ट्रान्सफर हुुँदा अन्य डिम्याट खाताबाट नेप्सेको अनलाइन प्रणालीमा सिर्जना भएको एउटै युुसीसीमा रहेको डिम्याट खातामा सेयर ल्याई बिक्री गर्न सहज हुुुने बताइन्छ ।