काठमाण्डौ । कोरोना संक्रमण ह्वात्तै बढेपछि सिडिएससीले सेयरको घरायसी तथा मृत्यु नामसारी अनिश्चितकालका लागि स्थगित गरेको छ।
आइतबार एक सूचना जारी गर्दै कोरोनाभाइरसको जोखिम बढेको र नेपाल सरकारले समेत अत्यावश्यक कार्य मात्र सञ्चालन गर्न निर्देशन दिएकाले सिडिएससीले घरायसी तथा मृत्यु नामसारी सम्बन्धी सेवा स्थगित भएको बताएको हो ।
घरायसी नामसारीको सम्बन्धमा लिने र दिने दुवै पक्ष तथा मृत्यु नामसारकिा हकमा सम्पूर्ण हकवालाहरु स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था भएकाले सो कार्य गर्दा कोरोना भाइरसको जोखिम बढ्ने सिडिएससीको तर्क छ ।
अब घरायसी तथा मृत्यु नामसारी सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्म स्थगित भएको सिडिएससीको भनाइ छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago