काठमाण्डौ । कोरोनासंकट र लकडाउनकाबीच खुुल्न लागेको धितोपत्र बजार आगामी मंगलबारदेखि मात्रै खुुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड बोर्डमा आज बसेको बैठकबाट आगामी मंगलबारदेखि धितोपत्र बजार सञ्चालन गर्ने निर्णय भएको बोर्ड अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए ।

आगामी मंगलबारदेखि खुुल्न गइरहेको धितोपत्र बजार दैनिक २ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुुने उनले जानकारी दिए । उनका अनुसार आगामी आइतबार र सोमबार लकडाउनअघि कारोबार भएको सेयर सेटलमेन्टका लागि र अन्य तयारीका लागि भनी दुई दिनपछि मात्र कारोबार हुुने भएको हो । 

आगामी आइतबारदेखि भने धितोपत्र बजार सम्बद्ध संघसंस्थाहरु भने पूूर्ववत् रुपमा सञ्चालन हुुने उनले बताए । सेयरमूूल्यमा ३ प्रतिशत घटबढ हुुने व्यवस्था गरिएको छ । 

यसैगरी नेप्से इण्डेक्स २ प्रतिशत घटबढ भए सो दिन कारोबार बन्द हुुने उनले बताए ।

लगानीकर्ताहरुले सिडिएससीबाट लिइएको मेरो सेयरको नवीकरण शुुल्क ५० रुपैयाँसमेत निशुुल्क गरिएको अध्यक्ष ढुुंगानाको भनाइ छ ।

यसैगरी, बजार सम्बद्ध सरोकारवाला संघसंस्थाहरुका लागि भने बोर्डले पास उपलब्ध गराउने उनले जिकिर गरे । तर, लगानीकर्ता व्यक्ति भएकाले पास उपलब्ध गराउन असमर्थ रहेको उनको भनाइ छ ।

भर्खरै सम्पन्न छलफलबाट नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनका लागि आवश्यक निर्देशन आज नै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई दिइन लागिएको बताइएको छ ।

अहिले नेप्से सञ्चालक समितिको बैठक बसिरहेको र धितोपत्र बजार सञ्चालनका लागि सूूचना जारी गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।