काठमाण्डौ । राजश्व सचिव शिशिरकुमार ढुंगानाले सेयर बजारमा कारोबार गरी नाफा कमाउनेहरुका लागि बजेटमार्फत बढाएर ७.५ प्रतिशत पुर्याइएको पूँजीगत लाभकर नै व्यक्तिको हकमा अन्तिम कर भएको बताएका छन् । 

सेयर लगानीकर्ता संघले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा राजश्व सचिवले बोलेका कुरालाई उद्धृत गर्दै करको बिषयमा हतोत्साही नहुन आग्रह गरेको हो । 

‘बजेट बक्तव्यमा पूँजी बजारलाई प्रत्यक्ष प्रभाव पार्ने गरी पूँजीगत लाभकरमा ५ प्रतिशतबाट ५० प्रतिशत बृद्धि गरी ७.५ प्रतिशत कायम गरिएको सन्दर्भमा सो कार्यक्रममा राजश्व सचिव शिशिर ढुँगाना(अर्थ मन्त्रीको समुपस्थितिमा) ५० प्रतिशत पूँजीगत लाभ कर बृद्धि भएको मात्र भन्नुभयो, तर त्यहि ७.५ प्रतिशत नै व्यक्तिको हकमा अन्तिम कर हो भन्ने कुरा चाहि आम शेयर लगानीकर्ताहरुले किन बुभ्mनु भएन भन्दै उहाँले शेयर कारोबार गर्दा तिरेको क्यापिटल गेन ट्याक्स ७.५ प्रतिशत नै अन्तिम कर हो भन्ने प्रष्ट पार्नुभयो ।’ संघको विज्ञप्तिमा भनिएको छ–‘राजश्व सचिवबाटै ७.५ प्रतिशत करलाई अन्तिम कर भनिसकेको अवस्थामा हामी सम्पूर्ण पूँजी बजारमा कारोबार गर्नेले अब यो बिषयमा अन्यौलग्रस्त भइराख्नु पर्दैन ।’