काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फन्ड, ब्लायलेन्सड् फन्ड, डाइनामिक डेप्ट फन्ड र सेलक्ट–३० (इन्डेक्स फन्ड) को वित्तीय विवरण सार्वजनिक गरेको हो।
साउनमा ग्रोथ फन्डको न्याभ बढेर २०.२२ रुपैयाँ पुगेको छ। गत असारमा न्याभ १८.७५ रुपैयाँ रहेको थियो।
साउनसम्म यो फन्डले सूचीकृत सेयरमा १ अर्ब १४ करोड रुपैयाँ र ऋणपत्रमा ६ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः १ अर्ब २ करोड रुपैयाँ र ५ करोड ४७ लाख रुपैयाँ रहेको थियो।
यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब ३४ करोड रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले १ अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी साउनमा ब्यालेन्सड् फन्डको न्याभ बढेर १८.६५ रुपैयाँ पुगेको छ। गत असारमा न्याभ १७.३० रुपैयाँ रहेको थियो।
साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ८६ करोड ८४ लाख रुपैयाँ र ऋणपत्रमा १५ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः ७६ करोड २८ लाख रुपैयाँ र १४ करोड ५२ लाख रुपैयाँ रहेको थियो।
यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब १५ करोड रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले ४१ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
साउनमा डाइनामिक डेप्ट फन्डको न्याभ घटेर १०.६४ रुपैयाँमा झरेको छ। गत असारमा न्याभ ११.२६ रुपैयाँ रहेको थियो।
साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ८ करोड ८७ लाख रुपैयाँ र ऋणपत्रमा ८ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः ७ करोड ५ लाख रुपैयाँ र ६ करोड रुपैयाँ रहेको थियो।
यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी ३० करोड ८६ लाख रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी २७ करोड ५४ लाख रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले २ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै साउनमा सेलेक्ट–३० (इन्डेक्स फन्ड) को न्याभ बढेर १० रुपैयाँ पुगेको छ। गत असारमा न्याभ ९.९४ रुपैयाँ रहेको थियो।
साउनसम्म यो फन्डले सूचीकृत सेयरमा १० करोड ७ लाख रुपैयाँ लगानी गरेको छ। यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी २६ करोड ६६ लाख रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी ८ लाख ९१ हजार रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले ६८ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago