काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको माघ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेका ग्लोबल आइएमई समुन्नत स्किम–१ र ब्यालेन्स्ड फन्ड–१को वित्तीय विवरण प्रकाशित भएको हो। दुवै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेको छ।

माघमा समुन्नत स्किम–१को न्याभ घटेर १०.४५ रुपैयाँ कायम भएको छ। गत पुसमा पनि न्याभ १०.५१ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका सेयरमा कुल १ अर्ब ८ करोड रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ९६ करोड ८४ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल घाटा २५ करोड ५३ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल घाटा २४ करोड ९६ लाख रुपैयाँ थियो।

यसैगरी माघमा ब्यालेन्स्ड फन्ड–१को न्याभ पनि घटेर १०.३९ रुपैयाँ कायम भएको छ। गत पुसमा यो योजनाको न्याभ १०.५१ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका सेयरमा कुल ९२ करोड ६५ लाख रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ८७ करोड ९५ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा ३ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा ५ करोड २१ लाख रुपैयाँ थियो।