काठमाण्डौ । प्रभु म्युचुअल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको भदौ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल रहेका प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। 

भदौमा प्रभु सेलेक्ट फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर १०.८२ रुपैयाँमा झरेको छ। साउनमा न्याभ १०.९० रुपैयाँ रहेको थियो। 

भदौसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी बढेर ७४ करोड ५८ लाख रुपैयाँ रहेको छ। साउनसम्म सूचीकृत सेयरमा ७१ करोड ५७ लाख रुपैयाँ लगानी थियो।

यो योजना कुल लगानी भदौसम्म १ अर्ब ८ करोड रुपैयाँ बढी रहेको छ। साउनसम्म कुल लगानी १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा यस योजनाको कुल व्यय २ करोड २४ लाख रुपैयाँ रहेको छ। साउनमा कुल व्यय १ करोड २२ लाख रुपैयाँ रहेको थियो। 

भदौमा प्रभु स्मार्ट फन्डको न्याभ पनि घटेर १०.४५ रुपैयाँमा झरेको छ। साउनमा न्याभ १०.५४ रुपैयाँ रहेको थियो। 

भदौसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी बढेर ५० करोड ४६ लाख रुपैयाँ रहेको छ। साउनसम्म सूचीकृत सेयरमा ४५ करोड २५ लाख रुपैयाँ लगानी थियो। 

यो योजना कुल लगानी भदौसम्म ७४ करोड ६१ लाख रुपैयाँ बढी रहेको छ। साउनसम्म कुल लगानी ६९ करोड १० लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा यस योजनाको कुल व्याय ७६ लाख १५ हजार रुपैयाँ रहेको छ। साउनमा कुल आय १० लाख ४२ हजार रुपैयाँ रहेको थियो।