– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लगानीकर्ताले सेयर कारोबार गर्दा आफ्नो ‘मेरो सेयर’मा रहेको फ्री ब्यालेन्स रहेका सेयरमात्र बिक्री गर्नुपर्छ।
खासगरी लगानीकर्ताको ‘मेरो सेयर’मा सेयरको ब्यालेन्स ५ किसिमका हुने गर्छन्। एउटा भनेको करेन्ट ब्यालेन्स हो। ‘यो भनेको लगाीकर्ताको वास्तिवक सेयर ब्यालेन्स भएको भन्ने हो’, सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने।
त्यसैगरी दोस्रो भनेको प्लेजेज ब्यालेन्स भन्ने हुन्छ। यो भनेको यदि लगानीकर्ताले सेयर धितो राखेर ऋण लिएको खण्डमा सेयर धितो राखेको संख्याबराबरको सेयर प्लेजेज ब्यालेन्समा देखिन्छ।
तेस्रो भनेको लकइन ब्यालेन्स भन्ने हुन्छ। ‘यो भनेको कम्पनीेले प्रथामिक सेयर जारी गरेपछि स्थानीय र संस्थापकको हकमा सेयर लक गरेको हुन्छ’, प्रवक्ता न्यौपानेले भने।
लकइन पिरियड सामान्यतया जलविद्युत कम्पनीहरुको सेयरको हकमा ३ वर्ष रहेको हुन्छ।
त्यसैगरी चौथो भनेको फ्रिज ब्यालेन्स भन्ने हुन्छ। ‘लगानीकर्ताको सेयर खासगरी २–३ कारणले फ्रिज हुन्छ’, न्यौपानेले भने, ‘पहिलो भनेको लगानीकर्ताले डिम्याट नवीकरण शुल्क समयमै नतिर्दा सेयर फ्रिज बनेको हुन्छ। अर्को भनेको कसैको पारिवारिक अंशबन्डामा अदालतबाट रोक्का राख्ने आदेशका कारण पनि सेयर फ्रिज भएको हुन्छ। कम्पनीका सञ्चालहरु बोर्डमा रहेका अवस्थामा पनि सेयर फ्रिजमा हुन्छ।’
त्यस्तै ‘मेरो सेयर’मा फ्री ब्यालेन्स रहेको हुन्छ। यो भनेको यी माथिका कुनै पनि अवस्था नरहेको खण्डमा तत्काल लगानीकर्ताले चाहेको बेला सेयर बेच्न सक्ने भन्ने हो।
सामान्यतया फ्री ब्यालेन्स र करेन्ट ब्यालेन्स भनेको एउटै हुने गर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19