काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सेयर दलाल नं. ६७ प्रोपर्टी विजार्ड र आइएमई पेबीच ग्राहकलाई भुक्तानी सहजीकरणका लागि सहयोग आदान प्रदान गर्ने सम्झौता भएको छ। 

दुवै कम्पनीबीच आज भएको सम्झौतापत्रमा प्रोपर्टी विजार्डका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद वाग्ले र आइएमई डिजिटल सोलुसन्सका प्रमुख कार्यकारी प्रविन रेग्मीले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार प्रोपर्टी विजार्डमार्फत सेयर कारोबार गर्ने ग्राहकलाई आइएमई पे वालेटले भुक्तानी आदानप्रदान गर्न वेबसाइट वा मोबाइल एप्लिकेसनको सुरक्षित भुक्तानी सेवा उपलब्ध गराउनेछ। 

आइएमई पेले उपलब्ध गराउने सुविधाले सेयर दलाल र ग्राहक दुवैलाई सहज हुने अपेक्षा गरिएको छ। 

प्रोपर्टी विजार्ड हालै धितोपत्र बोर्डबाट स्वीकृति पाई नेप्सेबाट सदस्यता लिएकोे नयाँ दलाल कम्पनीहरुमध्येको एक हो।