sebon
काठमाण्डौ । बित्तीय बजारमा व्याप्त तरलताको समस्या र त्यसले धितोपत्रको दोश्रो बजारलाई समेत चौपट बनाएपछि नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक निश्कासन गर्ने कम्पनीहरुलाई शीघ्र बाँडफाँटका लागि आकस्मिक निर्देशन दिएको छ ।
तरलताको समस्या अर्थतन्त्र नै चौपट हुन लागेको भन्दै नेपाल राष्टबैंक, अर्थमन्त्रालय लगायतका सम्बद्ध निकाय तातिरहेकै बेला सेयर बजार समेत दिनहुँजस्तो घटेर १३ सय मुनि पुुगेपछि गम्भीर बनेको बोर्डले आकस्मिक निर्देशन दिएको हो ।
बोर्डको प्रवक्ता निरज गिरीले बिहीबार राति ८ बजे विज्ञप्ति जारी गर्दै वित्तीय बजारमा परेको तरलताको समस्या र त्यसको प्रतिकूल असर धितोपत्रको दोस्रो बजारमा समेत परेको देखिएकोले यस अवस्थालाई दृष्टिगत गरीे हालसालै सार्वजनिक निष्काशन गर्ने कम्पनीका साधारण शेयरको छिटो बाँडफाँट गर्ने व्यवस्था गरी तरलताको स्थितिलाई सहज पार्न सहयोग गर्न बोर्डले सम्बन्धित निष्काशन तथा विक्री प्रबन्धकहरुलाई निर्देशन दिएको बताएका छन् ।
उनीहरुलाई धितोपत्र बाँडफाँडको साबिकको व्यवस्था भन्दा अगाडि नै काम सक्न समेत बोर्डले निर्देशन दिएको छ ।
यस क्रममा हालसालै थप सार्बजनिक निष्काशन(एफपीओ) गरेको नेपाल लाईफ ईन्स्योरन्स कम्पनी लिमीटेडको धितोपत्रको बाँडफाँट साविकको व्यवस्था अनुसार निष्काशन बन्द भएको मितिले ६० दिन भित्र गर्नुपर्ने भए पनि अब ४० दिनभित्रमै(फागुन ११ गतेभित्र) गरिसक्नुुपर्नेछ । यस्तै, प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ) गरेको फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्थाको धितोपत्र बाँडफाँट विक्री बन्द भएको मितिले ५० दिन भित्र गर्नुपर्ने पुरानो व्यवस्था भए पनि आकस्मिक रुपमा अब त्यो काम ३० दिनभित्र अर्थात आगामी फागुन १३ गतेभित्र गरिसक्न बोर्डले बिक्री प्रबन्धकलाई कडा निर्देशन दिएको छ । नेपाल लाइफको एफपीओमा सिद्धार्थ क्यापिटल लिमीटेड र फरवार्डको आइपीओमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गरेका थिए ।
‘यस व्यवस्थाले गर्दा ३ लाख ७० हजार भन्दा बढी लगानीकर्ताहरुले रु ५५ अर्ब भन्दा बढीको रकम छिटो फिर्ता भुक्तानी पाई वित्तीय बजारमा देखिएको तरलताकोे समस्या समाधानमा सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।’–प्रवक्ता गिरीले भनेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago