काठमाडौँ । धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ । कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम भने रु ९१ करोड ८७ लाख ३२ हजारमा मात्रै सीमित भएको छ ।
यस साता कूल ३६ लाख ४७ हजार आठ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयर रु एक अर्ब सात करोड ६७ लाख ४८ हजारमा कारोबार भएको थियो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन एक हजार १८०.६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ९० लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको कूल पाँच लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago