काठमाण्डौ । सेयर बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्ने माग गरेका छन्। 

काठमाण्डौमा आज नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तर्क्रियामा पौडेलले यस्तो माग गरेका हुन्। ‘सेयर कारोबारलाई व्यावसायिक गरिएन’, उनले भने, ‘सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्छ।’

चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा उत्साह नल्याएको पनि पौडेलले बताए। ‘सोचेजस्तो राजस्व संकलन पनि भएको छैन’, उनले भने, ‘बैंकहरुले लगानी गर्ने वातावरण पनि बन्न सकेको छैन। जसका कारण सेयर र घरजग्गाको कारोबारमा संकुचन आएको छ।’

मर्ज भएका संस्थालाई प्रिमियमा कर लगाउनु गलत रहेको पनि पौडेलले बताए। ‘हिजो कर नलाग्ने भनियो, आज फेरि कर लगाइयो’, उनले भने, ‘यो उचित भएन।’