काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था यो साताभित्र अन्त गरिसक्ने भएको छ ।
यसअघि तीन दिनभित्रै काम सक्ने भनिए पनि तयारीको क्रममा केही समय अपुग भएकोले यो साताभित्र ल्याप्चे लगाउनुपर्ने लगानीकर्ताको बाध्यता अन्त गरिने स्रोतले जनाएको छ ।
'दुई तीन दिनभित्रै यो काम सुरु हुनसक्छ ।' स्रोतले भन्यो-'तर यो साता कट्दैन ।'
नेपाल धितोपत्र बोर्डले अघिल्लो केही निदअघि ब्रोकर कार्यालयमा स्वयम् उपस्थित भई ल्याप्चे लगाउने व्यवस्था अन्तका लागि अटोमेटिक सिस्टमको विकास गर्न सीडीएससीलाई लिखित निर्देशन दिएको थियो ।
तर, बोर्डको निर्देशन आउनुअघिदेखि नै सीडीएससीले यस खालको सिस्टम भित्रभित्रै बनाइरहेको थियो ।
स्रोतका अनुसार ‘मेरो सेयर’ पोर्टलको लगइन लिएका सेयर कारोबारीहरुले मात्रै पर्चेज सोर्स खुलाई ब्रोकरको सीएनएसमा पठाउने पाउने व्यवस्था गर्न लागिएको हो ।
यो व्यवस्था अन्तर्गत २०७२ पछि डिम्याट भएका सेयरको विवरण अटोमेटिक हुने भए पनि सिस्टममा स्रोत नखुलेको हकमा लगानीकर्ताहरुले कारोबार नम्बर वा रकम घोषणा गर्नुपर्ने हुन्छ ।
यही प्रयोजनका लागि ‘मेरो सेयर’ र सिआस्वाका करिब ९ लाख प्रयोगकर्ताको डाटा सिस्टम माइग्रेसनको काम द्रुत गतिमा भइरहेको स्रोतको उल्लेख गरेको छ ।
‘मेरो सेयर’ पोर्टलका करिब साढे ५ लाख प्रयोगकर्ताहरुले मात्रै ईडीआईएसजस्तै सुविधा लञ्च गर्न लागेको सीडीएससीले ब्रोकर कार्यालयमै गई ल्याप्चे लगाउने बाध्यता हटाउन तदारुकता देखाइरहेको छ । नेप्सेले समेत सिडिएससीको यो प्रयासमा उल्लेख्य सहयोग गरिरहेको छ । यही विषयमा आइतबार नेप्से र सिडीएससीका उच्च अधिकारीहरुको बैठक समेत भएको थियो । सो क्रममा भइरहेको तयारीको विषयमा छलफल गरिएको थियो ।
नेपाल सरकारले गत साउन १ गतेदेखि लागू गरेको भारित औसत लागत आधारमा पूँजीगत लाभकर गणना विधि अन्तर्गत स्वयम् लगानीकर्ता ब्रोकर कार्यालयमा गएर स्वघोषणा र सहीछाप गर्नुपर्ने व्यवस्था छ ।
सीडीएससीले ‘मेरो सेयर’ पोर्टलमार्फत प्रयोगकर्ताहरुलाई ब्रोकर कार्यालय धाउनु नपर्ने गरी हुन लागेको व्यवस्थाले पूँजीबजारमा भूलवश सुरु भएको कागजी युगको अन्त हुने लगानीकर्ताको विश्वास छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago