काठमाण्डौ । साताको पहिलो र दोस्रो दिन स्थिरप्रायः रहेको सेयरबजारमा मंगलबार चमक आएको छ ।
केही विश्लेषकहरुले यतिबेला बजारमा लगानी छिर्ने ठिक समय भएको तर्क गर्न थालेसँगै लगानीकर्तामा उत्साहक बढ्दा पनि कारोबारमा चमक देखिएको हो । लगानीकर्तालाई उत्साहित र मनोबल बढाउने नीति तथा गतिविधि खासै नभए पनि बजारमा देखिएको लगानीको वातावरण बजार सुधारको शुभ संकेत रहेको विश्लेषण गर्न थालिएको छ ।
यस्तै बजारमा सेयरमूल्य घटिरहेको र अधिकांश सूचीकृत कम्पनीहरुले प्रस्ताव गरेको लाभांशको लोभमा परेर पनि लगानीकर्ताहरुले धमाधम सेयर खरिद गर्न थालेपछि पनि कारोबारमा केही वृद्धि भएको छ ।
नेप्से परिसूचकमा यो दिन ३.७५ अंकको बढोत्तरी भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप बढेको छ ।
सेन्सेटिभ इन्डक्स पनि ०.६३ अंकले बढ्नुका साथै समग्र कारोबार मापक फ्लोट इन्डेक्स पनि ०.३२ अंकले वृद्धि भएको छ ।
आज दिन नेप्सेका १२ उपसमूहमध्ये चारवटाबाहेक सबै उपसमूहमा हरियाली छायो । यो दिन उपसमूहमध्ये बैंकिङ २.२९, होटेल्स ६.९४, जलविद्युत् ६.०५, निर्जीवन बिमा १९.६४, उत्पादन तथा प्रशोधन २२.८९, लघुवित्त १४.६४, जीवन बिमा ६३.७९ र म्युचुअल फन्ड ०.०८ अंकले वृद्धि भयो ।
यो दिन व्यापार, विकास बैंक, वित्त र अन्य उपसमूहमा क्रमशः १७.९५, ०.३१, १.२६ र २.७५ अंकले गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनी
आजको दिन बजारमा सूचीकृत कम्पनीहरुमध्ये १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता सेयर २६ करोड ६८ लाख १ हजार ५५८ रुपैयाँमा किनबेच भयो ।
यो दिन पाँच कम्पनीका कारोबार करोड क्लबमा पर्न सफल भयो । जसमा सबैभन्दा बढी सिद्धार्थ बैंकको संस्थापक सेयरले २ करोड ६० लाख रुपैयाँबराबरको कारोबार गर्यो । त्यस्तै एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रमशः १ करोड ९० लाख, १ करोड ३९ लाख, १ करोड २७ लाख र १ करोड १२ लाख रुपैयाँबराबरको कारोबार गरे।
यसैगरी करोडभन्दा मुनि नबिल बैंक, हिमालयन डिस्टिलरी, ग्लोबल आईएमई लघुवित्त, सेन्चुरी कमर्सियल बैंक र एनआईसी एसिया संस्थापक सेयरले क्रमशः ६९ लाख ५८ हजार, ६५ लाख ४९ हजार, ६२ लाख ६२ हजार, ५१ लाख ७२ हजार र ४८ लाख ७२ हजार रुपैयाँबराबरको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा घोडीघोडा लघुवित्त वित्तीय संस्था र दिव्यश्वरी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी कमाए । घोडीघोडा लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत बढ्यो भने दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा ८.१४ प्रतिशतले बढोत्तरी आयो ।
यो दिन साल्ट ट्रेडिङ कर्पोरेसनका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ५.४१ प्रतिशतले गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago