काठमाण्डौ । सुनको भाउमा दैनिकजसो नयाँ रेकर्डहरु बन्न थालेका छन् । सोमबार पनि सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । यो दिन अघिल्लो दिनको तुलनामा तोलामा १५ सय रुपैयाँले बढेर सुनको मूल्य ८० हजार ३०० को उचाईमा पुगेको छ ।
आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७८ हजार ८०० पुगेको थियो । सोमबार एकैदिन तोलामा १ हजार ५०० ले वृद्धि भएको हो ।
सुनको मूल्य केही दिनदेखि लगातार बढिरहेको छ । उछालको गतिमा कुदेको सुनको मूल्य १० दिनको अवधिमा प्रतितोलामा ४ हजार ३०० ले बढोत्तरी भइसकेको छ ।
फागुन २ गते प्रतितोला ७६ हजारमा कारोबार भएको सुनको भाउ त्यसपछि लगातार उकालो लागिरहेको छ ।
सुनसँगै चाँदीको भाउ समेत बढिरहेको छ । चाँदीको मूल्य सोमबार प्रतितोला ९२५ रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला ९२० रुपैयाँमा सीमित थियो ।
फागुन ७ गते प्रतितोला ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ ८ र ९ गते प्रतितोला ९१५ रुपैयाँ कायम भएको थियो ।
कोरोना भाइरसको प्रभावले चीनलगायतका देशका व्यापार ठप्प भएपछि कच्चा तेलको आपूर्ति प्रभावित भई मूल्य घटेपछि यसको प्रभाव सुनको मूल्यमा देखिएको हो । लगानीकर्ताहरु सुरक्षित लगानीका लागि सुनमा आकर्षित भएपछि यसको अन्तराष्ट्रिय बजारको मूल्यमा समेत उछाल आइरहेको छ । यसैको प्रभाव नेपालमा समेत परेको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago