काठमाण्डौ । ब्रोकरले चलाउने डेटा सेन्टरमा समस्या आई ५५ मिनेट रोकिएको बजारको कारोबार अवधि बढाइएको छ ।
नेप्सेले एक सूचना जारी गरी ब्रोकरहरुको डेटा सेन्टरमा आएको समस्याले ५५ मिनेट कारोबार रोकिएको उल्लेख गर्दै त्यति नै समय थप गरिएको प्रष्ट पारेको हो ।
नेप्सेका अनुसार मंगलबार ३ः५५ बजेसम्म सेयर कारोबार गर्न सकिनेछ ।
यो दिन ब्रोकरले चलाउने टिएमएसमा एकाएक समस्या आएको थियो । यो समस्याले सबै ब्रोकरहरुको कारोबार ठप्प बनेको थियो । लामो समयसम्म ब्रोकरको सिस्टम डाउन हुँदा लगानीकर्ता भने बिलखबन्दमा परेका थिए ।
यो समस्या ब्रोकरहरुले जानाजान सिर्जना गरी बजारमा खेल्न खोजेका आरोप नेप्सेका अधिकारीहरुले लगाएका छन् । तर, ब्रोकरहरुले भने नेप्सेले आफ्नो जिम्मेवारीबाट पन्छिन यस्तो मिथ्या आरोप लगाएको भन्दै आक्रोश पोखेका छन् ।
नेप्सेले हाल कायम ब्रोकरहरुको संख्या ५० बाट बढाएर १०० पुर्याउने तयारी गरिरहेको सूचना चुहिएपछि आफ्नो रोजीरोटी गुम्ने र अरु ५० ब्रोकरमा आम्दानी बाँडफाँड हुने भएपछि आक्रोशित ब्रोकरहरुले नेप्सेलाई भित्रभित्रै असहयोग गरिरहेका आरोप लागेको छ । सोमबार बजारमा भीषण पहिरो जानु पछाडि पनि ब्रोकरकै चलखेल मुख्य कारण रहेको स्रोतहरु दाबी गर्छन ।
यो विषयमा धितोपत्र बोर्डमा सोमबार नै गोप्य उजुरी परिसकेको छ । बोर्डले समेत यो विषयमा छानबिन अगाडि बढाइसकेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago