काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दोश्रो बजारमा धितोपत्र कारोबार गर्ने लगानीकर्ताको कर दाखिला निजकै कर खातामा देखिने व्यवस्था मिलाउने भएको छ।
नेप्सेले दाखिला गरेको पूँजीगत लाभकर विवरण पान नम्बर लिएका सम्पूर्ण धितोपत्र बिक्री गर्ने लगानीकर्ताहरुलाई हाल सहज रूपमा उपलब्ध नभएकाले अब निकट समयमै बोर्डको अग्रसरतामा लगानीकर्ताहरुलाई कर विवरण सहज रूपमा उपलब्ध गराउने व्यवस्थाका लागि आन्तरिक राजस्व कार्यालय, नेप्से, सिडिएससी र ब्रोकरबीच छलफल गरी निर्णयमा पुग्न लागिएको हो ।
दोश्रो बजारमा सेयर खरिदबिक्री गर्ने व्यक्तिगत लगानीकर्ताले हाल पूँजीगत लाभकर ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत कट्टा हुने व्यवस्था रहेको छ। सेयर बिक्री आदेश गरिदिने ब्रोकरले नेप्सेले उपलब्ध गराएको सिस्टममा सेयर बिक्री गर्ने ग्राहकको पान नम्बर र कर बापतको कट्टी रकम इन्ट्री गर्ने अभ्यास रहेको छ ।
पान नम्बर लिएका वा नलिएका धितोपत्र बिक्रीकर्ताहरुको नियमानुसारको पूँजीगत लाभकर कट्टीबापतको एकमुष्ट रकम नेप्सेले नै सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्ने गरेको छ ।
धितोपत्र लगानीकर्ताकै आग्रहमा सम्बन्धित ब्रोकरले नेप्सेलाई पत्राचार गरी पूँजीगत लाभकर कट्टी दाखिला सम्बन्धी विवरण प्राप्त गर्ने गरेको र कर कट्टीको विवरण सम्बन्धित लगानीकर्तालाई ब्रोकरले उपलब्ध गराइरहेका छन् ।
पान नम्बर लिएका व्यक्तिले आन्तरिक राजस्व कार्यालयबाट पासवर्ड प्राप्त गरी आन्तरिक राजस्व कार्यालयको वेबसाईट मार्फत लगइन गरी आफ्नो कर कट्टी सम्बन्धी सम्पूर्ण विवरण भने हेर्न सकिने व्यवस्था कायम छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago