२०५५ सालमा सेयरमा लगानी गरेका अधिकांश लगानीकर्ताले २०५७–५८ मा ठूलो गिरावटको सामना गर्नुपर्यो, उनीहरुले ठूलो घाटा व्यहोरे । मैले भन्दा धेरै घाटा खानेहरु पनि त्यसबेला थुप्रै थिए । तर, तीमध्ये अधिकांशले आफूलाई सेयर बजारमा पुनस्थापित गर्न सकेनन् । उनीहरुमा फेरि पनि सेयर बजारमा लगानी गर्ने आँट नभएका कारण यस्तो भएको हुनसक्छ । तर, म चाहि आफूले सेयर बजारमा गुमाएको पैसा जसरी पनि फिर्ता गरेरै छाड्छुु भन्ने प्रतिबद्धतासहित लागिपरेँ, लागिरहेँ, तर यो संघर्ष र जोखिमपूर्ण यात्रा उति सहज भने थिएन । 

एनआइसी बैंकको ८ सयमा किनेको सेयर १ सय ९५ रुपैमा झरेर बिक्री गर्नुुपर्यो । एभरेष्ट बैंकको सेयर निकै तल झरेर प्रति कित्ता ३ सयमा आइपुुगेको थियो । प्रति कित्ता ३६ सयमा कारोबार भइरहेको नेपाल बंगलादेश बैंकको सेयर घटेर ४ सयमा आएको थियो भने नवील बैंक प्रति कित्ता ४ सय ६५ र स्ट्याण्डर्ड चार्टर्ड बैंक ९ सय ९० मा झरेको थियो । 

मैले सेयर बजारमा लगानी गर्ने उद्देश्यले नै त्यसबेला बैंकबाट लिएको ऋण तिर्नका लागि खरीद गरेको दरभन्दा धेरै तल झरेर केही बैंकको सेयर बिक्री गर्नुपरेको थियो । जस्तो, मैले बैंक आफ काठमाण्डूूको सेयर प्रतिकित्ता १५ सयमा खरीद गरेको थिएँ, तर बिक्री गर्नुपर्दा प्रति सेयर २ सय २० रुपैयाँमा बाध्य भएँ । यस्तै, एनआइसी बैंकको ८ सयमा किने सेयर १ सय ९५ रुपैमा झरेर बिक्री गर्नुुपर्यो । अरु कुरा छाडिदिनुहोस्, त्यसबेला एभरेष्ट बैंकको सेयर निकै तल झरेर प्रति कित्ता ३ सयमा आइपुुगेको थियो । प्रति कित्ता ३६ सयमा कारोबार भइरहेको नेपाल बंगलादेश बैंकको सेयर घटेर ४ सयमा आएको थियो भने नवील बैंक प्रति कित्ता ४ सय ६५ र स्ट्याण्डर्ड चार्टर्ड बैंक ९ सय ९० मा झरेको थियो । 

संकटको बेलामा मैले बैंक र केही आफन्त तथा साथीभाईसँग हारगुहार गरेँ । म अझै सम्झन्छुु–विनोद चौधरी र सत्यन्द्रप्यारा श्रेष्ठले मलाई त्यसबेला ठूलो सहयोग गर्नुभयो, ठूलो गुन लगाउनुुभयो । मैले विनोद चौधरीसँग उहाँको बैंकबाट केही ऋण उपलब्ध गराइदिन आग्रह गरेँ । उहाँले मलाई ‘कति लोन चाहियो’ भनेर सोध्नुुभयो, मैले ठमेलमा रहेको निश्चल चलचित्र भवन रहेको एक रोपनी जग्गा धितो राखेर २५ लाख लोन लिइसकेको र सोही जग्गा धितो राखेर थप २ करोड रुपैयाँ चाहिने बताएँ । विनोद चौधरीले मेरो प्रस्तावलाई सकारात्मक रुपमा लिनुुभयो र सत्यन्द्रप्यारा श्रेष्ठको घरमा गएर ‘निर्मल प्रधान मेरो पारिवारिक सदस्य हो, उसलाई लोन दिनुुपर्यो’ भन्नुुभयो । त्यसपछि मेरो सम्पत्ति(जग्गा तथा चलचित्र भवन)को पुनर्मूूल्यांकन गरियो र बैंकले मलाई सो बेला ९ प्रतिशत ब्याजदरमा २ करोड ऋण स्वीकृत गरिदियो । 

मैले एभरेष्ट बैंकको सेयर खरीद गर्न थाल्दा प्रति कित्ता ३ सय थियो, पछि प्रति कित्ता १२ सय रुपैयाँसम्म हालेर समेत एभरेष्टकै सेयर खरीद गरेँ । सो बेला नवील र स्ट्याण्डर्ड चार्टर्डको अवस्था निकै मजबुत थियो । मेरा कतिपय साथीभाईले समेत राम्रा बैंक छाडेर एभरेष्टतिर किन लागेको भनेर प्रश्न गर्थे । म ‘मलाई सगरमाथा मनपर्छ, त्यसैले एभरेष्ट बैंकको सेयर किनिरहेको छुु’ भनेर जवाफ दिन्थेँ । 

मैले भनेजति नै ऋण पाएपछि मेरा बजारका गुरु तथा सेयर बजारका विज्ञ जीवन बस्नेतलाई भेटेँ । उहाँसँग मैले कुन कम्पनीको सेयरमा लगानी गर्ने भनेर सल्लाह मागेँ । उहाँले मलाई एभरेष्ट बैंकको सेयर कुनै संकोच नगरी खरीद गर्नु भन्ने सल्लाह दिनुुभयो । मैले पनि त्यही सल्लाहलाई ठीक मानी अगाडि बढेँ र एभरेष्ट बैंकको सेयर खरीद गर्न थालेँ । मैले एभरेष्ट बैंकको सेयर खरीद गर्न थाल्दा प्रति कित्ता ३ सय थियो, पछि प्रति कित्ता १२ सय रुपैयाँसम्म हालेर समेत एभरेष्टकै सेयर खरीद गरेँ । मैले जति बेला एभरेष्ट बैंकको सेयरमा भकाभक लगानी गरिरहेको थिएँ, सो बेला नवील र स्ट्याण्डर्ड चार्टर्डको अवस्था निकै मजबुत थियो । मेरा कतिपय साथीभाईले समेत राम्रा बैंक छाडेर एभरेष्टतिर किन लागेको भनेर प्रश्न गर्थे । म ‘मलाई सगरमाथा मनपर्छ, त्यसैले एभरेष्ट बैंकको सेयर किनिरहेको छुु’ भनेर जवाफ दिन्थेँ । मेरा गुरुले एभरेष्ट बैंकको सेयरले भविष्यमा राम्रो हुनेछ भन्ने सुुझाउनुुभएको थियो । यही सल्लाहका कारण मैले सो बेला एभरेष्ट बैंक र एनबी बैंकको २ लाख कित्ता सेयर खरीद गरेँ । 

मैले २ लाख कित्ता भन्दा बढी खरीद गरिँन, तर बोनस सेयरको कारण यसको संख्या बढ्दै गयो । केही समयपछि नै मैले लिएको २ लाख कित्ता सेयर बढेर १० लाख कित्ता पुुग्यो । बैंकले दिएको विभिन्न स्कीमका आधारमा पनि मैले लिएको सेयरको संख्या यसरी बढेको थियो ।  

कसैले पनि सेयर बिक्री गरेनन्, प्रोफिट पनि बाँडेनन् । सबैका लागि आश्चर्यको दिन अर्को ६ महिनाभित्र आयो, कारण १२ सयको सेयर बढेर १७ सयको उचाईमा पुुग्यो । मेरो जिद्धीले एभरेष्ट बैंकको सेयर गर्ने साथीभाईहरु हेर्दा हेर्दै लखपति भए, करोडपति बने । 

त्यसबेला हामीले ९० प्रतिशतसम्म सेयर कर्जा पाउथ्यौं । मैले मेरा सारा सम्पत्ति धितो राखेर करोडौंको सेयर खरीद गरेँ, गरिनै रहेँ । मैले मेरो क्षमताले भ्याएसम्म सेयर खरीद गरेँ । मैले अन्य लगानीकर्तालाई त्यसबेला ७५० रुपैयाँ प्रतिकित्तामा एभरेष्टको सेयर खरीद गर्न आग्रह गर्थेँ । त्यसको ६ महिनापछि तिनै साथीबाट एभरेष्ट बैंकको सेयर मैले प्रति कित्ता १ हजारसम्म हालेर खरीद गर्थेँ । मैले केही साथीहरुसँग ‘यदि एभरेष्ट बैंकको सेयर प्रति कित्ता १ हजार पुुगेन भने अपुुग रकम म दिन्छुु, तर १ हजार भन्दा माथि पुुग्यो भने त्यसको प्रोफिट मलाई चाहिन्छ’ भनेर सम्झौता नै गरेको थिएँ । मैले कतिपयसँग लिखित सम्झौता नै गरेको थिएँ । मैले प्रक्षेपण गरेको भन्दा एभरेष्ट बैंकको सेयरले राम्रो प्रदर्शन गर्यो । ६ महिनाको अवधिमै यो बैंकको सेयर प्रति कित्ता १ हजार २ सयको उचाईमा पुुग्यो । त्यसपछि मैले मेरा साथीहरुलाई १२ सयमा सेयर मलाई बिक्री गर्न आग्रह गरे र उनीहरुलाई १ हजार भन्दा माथिको प्रति कित्ता २ सय रुपैयाँ नाफा पनि मलाई दिन आग्रह गरेँ । होइन भने सेयर राखिराख्न र आगामी नाफा लिन समेत आग्रह गरेँ । कसैले पनि सेयर बिक्री गरेनन्, प्रोफिट पनि बाँडेनन् । सबैका लागि आश्चर्यको दिन अर्को ६ महिनाभित्र आयो, कारण १२ सयको सेयर बढेर १७ सयको उचाईमा पुुग्यो । मेरो जिद्धीले एभरेष्ट बैंकको सेयर गर्ने साथीभाईहरु हेर्दा हेर्दै लखपति भए, करोडपति बने । 

लगानीकर्ताहरुलाई सेयर बजारतर्फ आकर्षित गराउने त्यो नै मेरो राम्रो प्रयास थियो भन्ने लाग्छ । मैले नै बैंकहरुलाई १० प्रतिशत मात्र मार्जिन राखेर सेयर धितोमा कर्जा प्रवाह गर्न आग्रह गरेको हुँ । सो बेला धेरै बैंक सेयर धितोकर्जा राखेर ऋण दिन आनाकानी गर्थे ।

मैले ३ सय रुपैयाँ प्रति कित्तामा किनेको एभरेष्ट बैंकको सेयर ३ हजारको उचाईमा पुुग्यो । १५ सयको स्ट्याण्डर्ड चार्टर्डको सेयर ९ हजारको उचाईमा पुुग्यो । ६ देखि ७ सयमा खरीद गरेको सेयर बढेर ७ हजारको उचाईमा पुुग्यो । १ सय रुपैयाँको एनसीसी बैंकको सेयर बढेर ६ सयमा पुुग्यो ।

मैले राष्ट्रिय वाणिज्य बैंकबाट ३.२५ प्रतिशत, नेपाल बैंकबाट ५.७५ प्रतिशतको दरले सेयर कर्जा लिन सुरु गरेको हुँ । मैले नेपाल बैंकका म्यानेजरहरुलाई कसरी सेयर कर्जा प्रवाह गर्ने भन्ने बिषयमा तालिम नै पनि दिएँ । त्यसपछि बैंकहरुले अन्य लगानीकर्तालाई ६.२५ प्रतिशतमा सेयर ऋण दिन थाले, तर मलाई ५.७५ प्रतिशतमा दिन्थे ।

त्यसपछि सेयर मूल्य १० गुणाले बढ्यो । मैले ३ सय रुपैयाँ प्रति कित्तामा किनेको एभरेष्ट बैंकको सेयर ३ हजारको उचाईमा पुुग्यो । १५ सयको स्ट्याण्डर्ड चार्टर्डको सेयर ९ हजारको उचाईमा पुुग्यो । ६ देखि ७ सयमा खरीद गरेको सेयर बढेर ७ हजारको उचाईमा पुुग्यो । १ सय रुपैयाँको एनसीसी बैंकको सेयर बढेर ६ सयमा पुुग्यो । त्यसबेला धेरै बंैक तथा बित्तीय संस्थाहरु सूचिकृत थिएनन् । करिब ७ वटा बैंकले सेयर जारी गर्थे भने ४ वटा जति फाइनान्स कम्पनी मात्र बजारमा सूचिकृत थिए । 

त्यसबेला मैले कुमारी बैंकको २ लाख कित्ता आइपीओ खरीद गर्ने व्यवस्था मिलाएको थिएँ । पछि मैले कुमारी बैंकको सेयर प्रति कित्ता २ हजार रुपैयाँसम्म बिक्री गरेँ । यस्तै, मैले लक्ष्मी बैंकको आइपीओ १ सय रुपैयाँ प्रतिकित्ताको दरले ४ लाख कित्ता खरीद गरेको थिएँ । त्यसबेला जोसुकैको नाममा जतिसुकै सेयरका लागि समेत आवेदन भर्न सकिन्थ्यो, चाहेजति सेयर पाउन सकिन्थ्यो । धेरै आकर्षक सेयरमा पनि धेरै आवदेन पर्यो भने दोब्बरसम्म मात्र पथ्र्यो । लगानीकर्ताले आफूले दिएको आवेदनको ५० प्रतिशतसम्म सेयर प्राप्त गर्थे । 

त्यसबेला हामीले सार्वजनिक निश्कासनको भन्दा १० गुणा बढी आवेदन दिन्थ्यौं । जस्तो ५० करोड रुपैयाँको ५० लाख कित्ता सेयरका लागि आवेदन खुल्यो भने हामी ५ करोड कित्ताको माग गर्दै आवेदन दिन्थ्यौं । त्यसपछि हामीले करिब २५ प्रतिशत पाउथ्यौं । त्यसबेला सेयर खरीद गर्नेहरुसँग बैंक तथा बित्तीय संस्थाले नागरिकता समेत खोज्दैन थिए, नाम नै काफी हुन्थ्यो । 

पछाडि फर्किएर हेर्दा मैले संकटको बेलामा समेत अवसर पक्रने शौभाग्य प्राप्त गरेको अनूूभूत हुन्छ । यही अवसर तथा सफलताका कारण होला आज मानिसले मलाई सेयर बजारको ठूलो लगानीकर्ताको रुपमा चिनेका छन् । 

म सेयरबजारकै कारण झण्डै सिद्धिएको मान्छे हुँ । निकै नराम्ररी प्रभावित भएँ, तर संकटको समाधानको उपाय मैले सेयर बजारभित्रैबाट खोजेँ । मलाई लाग्छ, पशुपति नाथको कृपा, साथीभाईको शुुभेच्छा, बैंक तथा फाइनान्स कम्पनीको सहयोगले मैले ढिलै भए पनि आफूलाई सही प्रमाणित गर्ने सफलता पाएँ । 
क्रमशः
(प्रधानले अंग्रेजीमा लेखेको ब्लगमा आधारित)