nepal stock exchange
-भक्तराज रसाइली
काठमाण्डौ । कोरोना कहरसँग नेपाल पनि जुुँधिरहेका बेला नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्र कारोबारलाई पूूर्ण अनलाइन प्रणालीमा लैजान तयारी सुुरु गरेको छ ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले देशव्यापी लकडाउन गरेर धितोपत्र कारोबार ठप्प भएपछि नेप्सेले सम्बद्ध सरोकारवाला पक्षहरुलाई सोमबार बोलाएर आगामी बैशाख २६ गते (कारोबार खुुल्ने बैशाख २८ गते आइतबार)देखि धितोपत्र कारोबार खुुलाउने तयारीलाई जोडतोडका साथ अगाडि बढाएको छ । हिजै नेप्सेले जारी गरेको प्रेस विज्ञप्तिमा समेत आगामी बैशाख २६ गतेदेखि नै धितोपत्र कारोबार नियमित सञ्चालन हुुुने र आवश्यक तयारी र अवस्थामा जुुट्न सम्बद्ध पक्षहरुलाई निर्देशन दिइसकेको छ ।
नेप्सेमा हिजो नेप्सेका उच्च अधिकारी, ब्रोकर्स एशोसिएसन, नेपाल क्लियरिङ हाउस, सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी) र अनलाइन सफ्टवेयर भेण्डर कम्पनी वाइको प्रालिबीच एक चरणको छलफल भइसकेको स्रोतको भनाइ छ ।
पूूूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले समेत पूूर्ण अनलाइन प्रणाली बनाउन बारम्बार नेप्सेलाई औपचारिक तथा अनौपचारिक रुपमा दवाब समेत दिइरहेको बोर्ड अध्यक्ष भिष्म ढुुंगाना बताउँछन् ।
नेप्सेले पूूर्ण अनलाइन कारोबार प्रणाली दाबी गर्दै आएको नट्स बैंक इन्टीग्रेसनबिना पूूर्ण अनलाइन नहुुने बजारसम्बद्ध पक्षहरुले गुुनासो गर्र्दै आइरहेका छन् । १९ करोड खर्चिएर बनेको अनलाइन प्रणाली टेष्टेड नभएकाले समेत सहज रुपमा धितोपत्र कारोबार गर्न नसकिरहेको र बैंक इन्टीग्रेसन अब गर्नैपर्ने बाध्यता रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार जिकिर गर्छन् ।
सेयर बजार पारदर्शी बनाउन नेप्सेले अनलाइन कारोबार प्रणालीलाई पूूर्ण रुपमा नै अनलाइन बनाउन उनले जोड दिए ।
स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाट सेयर कारोबार पूूर्ण अनलाइन बनाउन बैंक इन्टीग्रेसन गर्न द्विविधा नभएको बताउँछन् । ‘प्राथमिक बजारमा सिआस्वा प्रणाली सम्भव हुुने, तर किन दोस्रो बजारमा बैंक इन्टीग्रेसन नहुुने ?’ उनले बिजशालासँग भने–‘भारत र अमेरिकाकै सिको सिक्दै हामीले सिस्टम बनाउन आवश्यक भइसक्यो । कोरोना महामारीमा पनि पूूर्ण अनलाइन भइदिएको भए बिदेशमा झैं सेयर कारोबार यथावत र नियमित रुपमा सञ्चालन हुुन्थ्यो ।’
अहिलेको अनलाइनप्रति विश्वास छ भने यही लकडाउनको बीचमा पूूर्ण अनलाइन बनाउन सबैले समन्वय र सहकार्य गर्नुुपर्ने अध्यक्ष रानाभाटको भनाइ छ ।
नेप्सेले लकडाउनकै बीचमा पूूूर्ण अनलाइन बनाउन जोड दिनुु सकारात्मक र स्वागतयोग्य रहेको उनको ठम्याइँ छ । अब पूूर्ण अनलाइनसहित धितोपत्र कारोबार व्यवस्थाका लागि आ–आफ्नो ठाउँबाट भूूमिका निर्वाह गर्नुुुपर्ने उनको जोड छ ।
लकडाउनका बीचमा बस्ने आगामी चरणका छलफलले पूूर्ण अनलाइन धितोपत्र कारोबार सम्भव बनाउन विकल्प बारे घनीभूूत छलफल गर्ने र चाँडै निचोडमा पुग्ने उनले जिकिर गरे ।
सेयर बजारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंगठनको पूूर्ण वा आंशिक सदस्यता मात्र लिएर नेपालको पूूँजीबजारलाई अन्तर्राष्ट्रिय स्तरको सदस्य केबल खोष्टो कागज मात्र हुने जानकार बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago