काठमाण्डौ । नेपाल स्टक एस्सचेञ्ज लिमिटेड(नेप्से)को अनलाइन कारोबार प्रणालीले पूूर्णता नपाइरहेका बेला उसकै शतप्रतिशत लगानी रहेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)का कारणले समेत सेयर हस्तान्तरण प्रक्रिया पूूर्ण अनलाइन हुन कठीन रहेको देखिएको छ । 

बेस प्राइज लगानीकर्ता स्वयम्ले राखी लाभकर घोषणा गर्ने प्रयोजनार्थ सिडिएससीले सिस्टम तयार गरे पनि त्यहाँबाट राफसाफको पूरा प्रक्रिया अनलाइन गर्नसक्ने व्यवस्था छैन । यसले समेत हाल नेप्सेले जति नै प्रयास गरे पनि सेयर कारोबार प्रक्रिया पूर्ण अनलाइन बनाउन नसक्ने जानकार बताउँछन् । 

सिडिएससीका प्रवक्ता सुुरेश न्यौपानेले भने राफसाफ प्रणालीमा सीधै(अटो) सिडिएससीसँग आवद्ध नभई ब्रोकरले प्रविष्टि गर्नुुपर्ने उनले जानकारी दिए ।
तर, स्टक ब्रोकरहरु भने राफसाफ प्रणालीको सम्पूर्ण प्रक्रिया सिडिएससीले अटोमेटेड बनाए मात्र यो संभव हुने बताउँछन् । 

सेयर बिक्री गरेपछि लगानीकर्ताले सिडिएससीद्वारा निर्मित ‘मेरो सेयर’ पोर्टलबाट ईडीआइएस गरे पनि सिडिएससीको सिस्टममा सीधै जाँदैन । लगानीकर्ताले इडीआईएस गरेपछि ब्रोकरकहाँ जान्छ, अनि ब्रोकरले म्यानुुअली बेस प्राइज राखी प्रविष्टि गर्नुुपर्ने हुुन्छ । 

लाभकर प्रयोजनका निम्ति ब्रोकरले सिएनएस(क्लियरिङ एण्ड सेटलमेन्ट ) सिस्टममा प्रयोजन गर्ने अभ्यास रहँदै आएको छ । यससँगै २०७२ माघअघि सेयर किनेको बेस प्राइज नखुुल्ने भएकाले लगानीकर्ता स्वयम् ब्रोकर कार्यालय गई लाभकर घोषणा गर्नुुपर्ने र औंठाछाप लगाउनैपर्ने बाध्यता छ ।

लकडाउनकै अवधिमा धितोपत्र कारोबार सञ्चालन हुुने चर्चा चलिरहँदा नेप्सेको अनलाइन प्रणालीमा बैंक इन्टीग्रेसन नहुुनुु र सिडिएससीको ‘मेरो सेयर’ पोर्टलमा लाभकर घोषणा गरी इडीआइएस अटो नहुुँदासमेत अनलाइन प्रणाली प्रभावकारी नहुुने जानकारहरु बताउँछन् । 

सिडिएससीद्वारा नै निर्मित ‘मेरो सेयर’ पोर्टलबाट लगानीकर्ताले बेस प्राइज प्रविष्टिकै आधारमा सिडिएससीको राफसाफ प्रणालीमा सीधै प्रविष्टि हुुन सकेको खण्डमा मात्र प्रणालीकृत भई अनलाइन प्रणालीको औचित्यता पुष्टि हुने जानकार बताउँछन् ।

गत फागुुनमा दैनिक कारोबार रकम र कारोबार संख्यामा उल्लेख्य वृद्धि हुुँदा ब्रोकर कम्पनीहरु राति १२–१ बजेसम्म अफिसमा बसेर बेस प्राइस प्रविष्ट गर्ने काम गरेका थिए । कारोबार संख्या बढेसँगै बेस प्राइज प्रविष्टि म्यानुुअली गर्दा निकै अफ्ठ्यारो अवस्थाको सिर्जनासमेत भएको थियो ।