काठमाण्डौ । धितोपत्र कारोबारमा धितोपत्र खरिदमा लिइने अग्रिम २५ प्रतिशत रकममा स्टक ब्रोकरहरु ब्याज तिर्न राजी भएका छन् ।
गत बैशाख २६ गते नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार गर्दा लगानीकर्तासँग खरिद आदेश लिनुुपूूर्व २५ प्रतिशत अग्रिम भुुुक्तानी लिई कारोबार गर्न गराउन कडाइ गरेपछि लगानीकर्ताहरुले तीव्र विरोध जनाए । यसअर्थमा ब्रोकरसँग किन्नुुअघि २५ प्रतिशत रकम अग्रिम भुुक्तानी दिनुुपर्ने, तर बेचेको पाँचौ दिनमा मात्र ब्रोकरबाट भुुक्तानी पाउनु लगानीकर्ताको हितमा र न्यायसँगत नभएको भन्दै सामाजिक सञ्जालहरुमा बहस नै चल्यो ।
सक्रिय लगानीकर्ता र बजार जानकार केशव कोइराला आफ्नो फेसबुुक पोष्टमा यसरी लेख्छन्–‘अग्रिम भुुक्तानीमा किन्नुुपर्ने र ५ दिन उधारोमा बेच्नुुपर्ने ? खरिद आदेश दिनुुअघि नै नगद दिनुुुुपर्ने भए बिक्रीको कारोबार हुुनेबित्तिकै खातामा नगद जम्मा हुुनुुपर्छ । एड्भान्समा तिर्नुुपर्ने अनि पाउन चाहिँ ५ दिन पर्खनुुुपर्ने ? यो कस्तो प्रणाली हो ?’
कोइरालाको धारणामात्र हैन यो । धितोपत्र कारोबारको सेटलमेन्ट टी प्लस थ्रीमा हुुुने भएकाले चौथो वा पाँचौ दिनमा मात्र सेयर बिक्रेताले भुुक्तानी पाउने व्यवस्था छ । त्यसो त कतिपय लगानीकर्ता र ब्रोकरहरुको आपसी विश्वास र भरोसाका आधारमा कैयौँ दिन उधारोमा नै लगानीकर्ताले सेयर खरिद गरिरहेको अवस्था थियो ।
लगानीकर्ता र ब्रोकरकै सहमतिमा सेयर खरिदबिक्री गरी नेटिङ गर्ने पनि लगानीकर्ताहरुले गर्दै आएको अभ्यास हो, तर अहिले निकै कडाइका साथ २५ प्रतिशत लिएर मात्रै धितोपत्र खरिद गर्न सक्ने प्रावधानले अनुुशासित रुपमा कारोबार गर्ने लगानीकर्तालाई भने मर्का पर्छ ।
सर्वत्र विरोधपछिस्टक ब्रोकरहरु लगानीकर्ताहरुले जम्मा गरेको अग्रिम भुुक्तानी रकममा ब्याज दिन तयार देखिएका छन् । एक ब्रोकर भन्छन्–‘हामीले पाएको अग्रिम भुुक्तानीमा निश्चित ब्याज लगानीकर्तालाई दिन तयार छौं, तर यसका लागि नेप्से र सेबोनले नै यो लकडाउन अवधिमा निश्चित ब्याजदर तोकिदिए सहज हुुन्थ्यो ।’
कतिपय अवस्थामा लगानीकर्ताहरुले पनि सेयर खरिद अर्डर गरेपछि भुुक्तानीमा ढिलाइ गर्दा सोबापत ब्याजदर पनि ब्रोकरहरुले असुुल्न पाउनुुपर्ने ती ब्रोकरको माग छ । ‘ब्याजदर असुुलीका लागि नियामकले कानूून संसोधन गरी समन्वय गरे हामीलाई पनि राहात हुुन्थ्यो । यसबाट लगानीकर्ता र स्टक ब्रोकरकै जीतजीतको अवस्था सिर्जना हुुने थियो।’उनले थपे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago