काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन केही खुकुलो गरिए पनि धितोपत्र बजार भने नखुल्ने भएको छ।
लामो लकडाउनका कारण बन्द रहेको धितोपत्र बजार आज आइतबारबाट खुल्ने आशा गरिएको नेपाल स्टक एक्सचेन्जले पुनः अनिश्चितकालका लागि कारोबार स्थगित गरेको सूचना शनिबार जारी गरेको हो।
नेप्सेद्वारा जारी सूचनामा नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि आज आइतबार (असार ७ गते) देखि लागू हुने गरी धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गर्ने निर्णय भएको उल्लेख छ।
नेप्सले बोर्डको गत जेठ ३२ गते प्राप्त पत्रबाट ‘मिति २०७७/०२/०१ को पत्रानुसार नेपाल सरकारले गरेको लकडाउन अवधिभर धितोपत्रको दोस्रो बजारको कारोबार साबिकबमोजिम स्थगत गर्ने व्यवस्था’ मिलाउन निर्देशन प्राप्त भएकोले नेप्से सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकको निर्णयअनुसार धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम १ बमोजिम बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि कारोबार स्थगन गर्ने निर्णय भएको सूचनामा प्रस्ट पारिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago