काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको सकारात्मक प्रभावले सेयर बजारमा अभूतपूर्व उछाल आएको छ।
साताको कारोबारको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि निर्धारित समयभन्दा पौने ३ घन्टाअगावै धितोपत्र कारोबार बन्द भएको छ। बजारमा सेयरको आपूर्तिभन्दा माग अत्याधिक रहेको र खरिदारी चाप अधिक रहेको देखिन्छ।
आर्थिक वर्ष २०७७/८८ को मौद्रिक नीति सेयर बजारमैत्री हुुँदा आमलगानीकर्ताहरुको मनोबल ह्वात्तै बढ्दो छ। सेयर धितोकर्जा ६५ प्रतिशतको सीमा ७० प्रतिशतमा पुग्नु र धितोमूल्यांकन गर्दा १८० दिनको सट्टा १२० दिन कायम हुुनुुले समेत लगानीकर्ताहरुको ऋण क्षमता बढेको बताइन्छ।
यस्तै ब्याजको किस्ता तिर्ने समयावधि थप हुुँदासमेत यसको सोझो असर सेयर बजारमा सकारात्मक परेको त छ नै घट्दो ब्याजदरले समेत लगानीकर्ताको मनोबल उकासिरहेको बताइन्छ। अन्य सेक्टरहरु हाल लगानीका आकर्षक नभइरहेको अवस्थामा सेयर बजारमा नै लगानी सुरक्षित हुने आश्वसतामा सेयर बजारमा उछाल आइरहेको जानकार बताउँछन्।
आज नेप्से परिसूचक ८४.२६ अंकको बढोत्तरीसँगै १४७९.०३ को उचाइमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्समा पनि १७.३९ अंकको उछाल आएर ३१२.४४ को विन्दुमा पुगेको छ।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ।
आज सबैभन्दा बढी जीवन बीमा समूहमा ५४८.६६ अंक र निर्जीवन बीमा समूहमा २०२.४ अंकको उछाल आएको छ। यसैगरी बैंकिङ समूहमा ८८.८७ अंक, विकास बैंक समूहमा ६३.१३ अंक, जलविद्युत् समूहमा ३६.३६ अंक, वित्त समूहमा ९.०१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १४१.७८ अंक, अन्य समूहमा ४९.३३ अंक र लघुवित्त समूहमा ९२.३९ अंकको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये १११ कम्पनीका १ लाख ८० हजार ५९६ कित्ता सेयर ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँमा कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै २ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार गरेको छ।
यो दिन बेस्ट फाइनान्सको संस्थापक सेयरले ३६ लाख ८९ हजार रुपैयाँ, गरिमा विकास बैंकको संस्थापक सेयरले ३२ लाख १० हजार रुपैयाँ, एनएमबी बैंकले २८ लाख ५१ हजार रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले २० लाख ११ हजार रुपैयाँ, शिवम् सिमेन्टले १९ लाख ४८ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीले १८ लाख ६२ हजार रुपैयाँ, नेपाल बैंकले १२ लाख ८६ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सले ११ लाख ९३ हजार रुपैयाँ र छिमेक लघुवित्तले ११ लाख ९१ हजार रुपैयाँ बढीको कारोबार गरे।
धेरै कमाउने र धेरै गुमाउने
आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।
आज गुराँज लघुवित्त, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्यमा १० प्रतिशतको बढोत्तरी भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, ज्योति विकास बैंक, एनएमबी बैंक, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, मेगा बैंक, मञ्जुश्री फाइनान्स, नेपाल बैंक लिमिटेड र लुम्बिनी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
यो दिन नेपाल पुनर्बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र फस्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आएको छ।
आज कुनै पनि कम्पनीका सेयरधनीहरुले गुमाएनन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago