काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले यही वर्षदेखि एसएमइ प्लेटफर्म उपलब्ध गराई छुट्टै परिसूचक गणना गर्ने व्यवस्था गर्ने भएको छ ।
बोर्डद्वारा जारी आज जारी नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीहरुको छुटटै कारोबार हुने गरी एसएमई(स्मल एण्ड मिडियम इन्टरप्राइजेज) इण्डेक्स सम्बन्धी व्यवस्था यही वर्षबाटै लागू गरिने बोर्ड अध्यक्ष डा.भीष्मराज ढुंगानाले बताए ।
दोस्रो बजारमा कम आपूर्ति भएका सेयरहरुमा चलखेल गरी सेयरमूल्यमा खेल्ने प्रवृत्तिलाई निरुत्साहित पार्न यस्तो अभ्यास लागू गर्न खोजिएको उनको तर्क छ ।
‘एकदमै कम आपूर्ति भएका सेयरमा मूल्य घटबढ गराउन सजिलो हुने, जसको असर सोझै मुख्य इण्डेक्समा पर्ने भएकाले इण्डेक्स उत्तारचढावलाई निरुत्साहित गर्ने बोर्डको योजना छ।’अध्यक्ष ढुंगानाले बिजशालासँग भने ।
ठूला र धेरै सेयर भएका कम्पनीहरुलाई मुख्य इण्डेक्स बनाइने र साना तथा मझौला कम्पनीका थोरै आपूर्ति भएका सेयरलाई सेकेण्डरी इण्डेक्स वा एसएमइ प्लेटफर्ममार्फत इण्डेक्स गणना गरिने ढुंगानाले बताए । यसबाट समग्र सेयर बजारमा स्थिरता र स्थायीत्व आउने उनको भनाइ छ ।
सर्वसाधारणमा अत्यधिक आपूर्ति भएका सेयरमा ठूलो जोखिम हुने, तर कम आपूर्तिमा सेयर घटबढ गर्न सजिलो हुने भएकाले टाठाबाठा लगानीकर्ताहरुले केही करोड रुपैयाँले नै सेयर कर्नरिङ गर्र्दै आइरहेका छन्, तर बोर्डको यो नयाँ व्यवस्थाले सेयर कर्नरिङलाई समेत निरुत्साहित गर्न सघाउ पुग्ने जानकार बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago