काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आज आइतबार केही क्षणका लागि स्थगित गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मध्याह्न एउटा सूचना जारी गरी कारोबार केही क्षणका लागि स्थगित गरेको जनाएको हो। नेप्सेले टीएमएसमा समस्या देखिएका कारण कारोबार केही समयका लागि स्थगित गर्नुपरेको जनाएको छ।
टीएमएसमा देखिएको समस्या समाधानको प्रयास भइरहेकोले यसबाट पर्न गएको असुविधाप्रति नेप्सेले क्षमायाचना गरेको छ।
नेप्सेको अनलाइन प्रणाली राम्रोसँग नचल्दा लगानीकर्ताहरु आक्रोशित भएका छन्। नेप्सेको वेबसाइट पटकपटक अवरुद्ध हुने र चलिरहेकै अवस्थामा पनि टीएमएस र वेबसाइटमा फरकफरक तथ्यांक आउँदा लगानीकर्ता हैरान भएका छन्।
कोरोनाकालमा अहिले सबैजना घरबाटै अनलाइन प्रणालीबाट सेयर खरिदबिक्री गरिरहेका छन्। यस्तो अवस्थामा नेप्सेको वेबसाइटबाट धोका हुँदा कारोबार गर्न निकै समस्या भइरहेको लगानीकर्ताहरुको गुनासो छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago