व्यक्तिगत स्तरमा एउटा एलायन्स आवश्यक रहेको हिजोआज महसुुस गरिरहेको छु। यस्तो सम्बन्ध होस्, जहाँ पूर्ण विश्वास रहोस् । यो एलायन्स सधैं पैसाका लागि मात्र नरहोस् । अझ व्यापक अर्थमा भन्ने हो भने हामीले सँगै काम गर्न सकौं, हातमा हात मिलाएर संकटबाट कलात्मक ढंगले निस्किन सकियोस् र आगामी दिनमा आउनसक्ने सबै अप्ठ्याराहरुलाई समेत डटेर सामना गर्न सकियोस् । 

तत्काल म धेरै साना लगानीकर्ताहरुसँग काम गरिरहेको छुु, ताकि ती सबैलाई समेटेर एउटा औपचारिक आकार दिन सकियोस् । 

यस्ता अलायन्सहरुका अन्य भित्री कामहरु पनि हुन्छन्, जुन म अहिले यहाँ उल्लेख गर्न चाहन्नँ । तर, हामीबीच यसअघि नै एउटा एलायन्स बनाउने सहमति भइसकेको छ । तत्काल म धेरै साना लगानीकर्ताहरुसँग काम गरिरहेको छुु, ताकि ती सबैलाई समेटेर एउटा औपचारिक आकार दिन सकियोस् । 

बैंकप्रति मेरो धारणा
मानिसले अप्ठ्यारो पर्दा नै बैंकबाट ऋण लिने हो । सकेसम्म आफूले व्यवस्थापन गरुञ्जेल उ बैंकबाट ऋण लिन चाहँदैन । बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्ना ऋणिलाई ऋण दिनुु भनेको उनीहरुलाई सहयोग गर्नु हो । त्यसकारण, उनीहरुलाई लिएको ऋण फिर्ता गर्ने सजिलो, सरल उपाय पनि यी संस्थाहरुले दिनसक्नुुपर्छ, यसले मात्र ऋणि र त्यस्ता कम्पनीबीचको सम्बन्ध सुमधुर रहनसक्छ । आफ्ना ऋणिले सहज ढंगले ऋण तिर्नसक्ने सरल प्रक्रिया उपलब्ध गराउनु बैंकहरुको कर्तव्य र जिम्मेवारी पनि हो । कसैले विभिन्न मौका दिंदा समेत ऋण तिर्न सकेन भने त्यसमा हामी केही भन्दैनौ । तर, कतिपय बैंक तथा फाइनान्स कम्पनीहरु जानाजान नै ऋणिहरुलाई अनेक विकल्प दिएर ऋण तिर्न प्रेरित गर्नुभन्दा उनीहरुको सम्पत्ति(धितो) जफत गर्ने हतारोतर्फ लाग्छन्, हामी यस्तो प्रवृतिको विपक्षमा उभिनुपर्छ । 

तर, कतिपय बैंक तथा फाइनान्स कम्पनीहरु जानाजान नै ऋणिहरुलाई अनेक विकल्प दिएर ऋण तिर्न प्रेरित गर्नुभन्दा उनीहरुको सम्पत्ति(धितो) जफत गर्ने हतारोतर्फ लाग्छन्, हामी यस्तो प्रवृतिको विपक्षमा उभिनुपर्छ ।

मलाई कयौं यस्ता छिद्रहरु थाहा छन्, जहाँ बैंक तथा फाइनान्स कम्पनी फस्न सक्छन् । जस्तो, बैंक तथा फाइनान्स कम्पनीले २ करोड ऋण कसैलाई दिनुुपर्यो भने १० करोडको सम्पत्ति धितोमा राख्छन् । यदि कुनै ऋणिले समयमा ऋण तिर्न सकेन भने बैंकहरुले पहिलोपटक उसको नाममा ३५ दिने सूचना पठाउँछन् । सो बेला पनि ऋण तिर्न ऊ सक्षम भएन भने ७ दिने सूचना पठाइन्छ । त्यति गर्दा पनि ऋणिको केही जोर चलेन भने उसको सम्पत्ति(धितो) लिलामीको प्रक्रियामा लगिन्छ । लिलामीका लागि सम्बद्ध बैंकहरुले गोप्य रुपमा आफ्नो पक्षमा काम गर्ने बिडरलाई लिलामका लागि तयार गर्छन् । त्यस्ता व्यक्तिहरुलाई लिलामी सकार्न बैंकहरुले नै भित्री रुपमा फाइनान्स गरिदिन्छन् र शर्त हुन्छ लिलामीपछि आउने नाफा आधा–आधा बाँड्ने । यो सबै बैंकहरुको भ्रष्टाचारजन्य कार्य हो । यस्तो अवस्थामा साहाराविहीन लगानीकर्ताले के नै पो गर्न सक्छ र ? 

यस्तै काइते काम गरेर उनीहरुले लगानीकर्ताले धितोको रुपमा राखेको सेयर पनि झ्वाम पारेका कयौं उदाहरण छन् । जब तपाईले लिलामीको सेयर किन्नुहुन्छ, यस्तो अवस्थामा तपाईले सतप्रतिशत क्यास दिनुपर्छ । म के नै गर्थे र यदि तिनीहरुले त्यसबेला मेरो एभरेष्ट बैंकको सबै सेयर लिलामीमा राखेका थिए भने ? उदाहरणका लागि यदि उनीहरुले ऋण तिर्न नसकेको भनेर मेरो १० लाख कित्ता सेयर ६५ करोडमा अक्सनमा राख्थे भने के मैले ६५ करोड क्यास दिन सक्थे ? कसैले सक्दैन थियो, असंभव थियो । 

लिलामीका लागि सम्बद्ध बैंकहरुले गोप्य रुपमा आफ्नो पक्षमा काम गर्ने बिडरलाई लिलामका लागि तयार गर्छन् । त्यस्ता व्यक्तिहरुलाई लिलामी सकार्न बैंकहरुले नै भित्री रुपमा फाइनान्स गरिदिन्छन् र शर्त हुन्छ लिलामीपछि आउने नाफा आधा–आधा बाँड्ने 

नेपाल बैंकले मलाई यस्तै अप्ठ्यारो पारिदिएको थियो । त्यहाँबाट मैले लिएको १५ करोड ऋण सात दिनभित्रमा तिरिसक्नुुपर्ने उर्दी आएको थियो । बैंकको यति हतारो पछाडिको कुनै खास कारण नै थिएन । मैले त्यसबेला नेपाल बैंकविरुद्ध मुद्धा दायर गरेको थिएँ, यो मात्र एउटा कारण थियो । त्यसबेला यो मुद्धाको विपक्षीको रुपमा नेपाल राष्ट्रबैंकका गभर्नर र अर्थसचिव समेत थिए । मैले यसकारण मुद्धा दायर गरेको थिएँ कि नेपाल बैंकले मैले अक्सनको माध्यमबाट खरीद गरेको सबै सेयर मेरो नाममा ट्रान्सफर गर्न अस्वीकार गरेको थियो । 

२०६२ सालमा नेपाल बंगलादेश बैंकले नेपाल बैंकको ३३ हजार २ सय ६१ कित्ता सेयर लिलामी गरेको थियो, ती सबै सेयर मैले ५७ लाखमा उठाएको थिएँ । त्यही सेयर मेरो नाममा ट्रान्सफर गर्न नेपाल बैंकलाई आग्रह गरेको थिएँ । सो बेला नेपाल बैंकको सेयर बजारमा सूचिकृत थिएन । अनि, उनीहरुले यही कारण देखाउँदै मैले लिलामीमा सकारेको सेयर मेरो नाममा नामसारी गर्न अस्वीकार गरेका थिए । मैले यही कारण सर्वोच्च अदालतमा मुद्धा हालेको थिएँ । मैले सेयर लिलामीमा स्वीकार्न पाउने, तर आफैंले खरीद गरेको सेयर आफ्नै नाममा नामसारी गर्न किन नपाउने भन्ने तर्कसहित मुद्धा हालिएको थियो । 

त्यसबेला स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको गरी मेरो नाममा ३२ करोड मूल्यको सेयर थियो । मेरो सेयरको बजार मूल्य ३२ करोड थियो र मैले कुल ऋण लिएको रकम चाहि १५ करोड थियो । मैले मुद्धा हालेकै कारण नेपाल बैंकका सीइओले मलाई पत्र लेख्दै त्यहाँबाट लिएको ऋण सात दिनभित्र चुक्ता गर्न दवाब दिएका थिए । उनले ७ दिनभित्र ऋण नतिरे मैले धितोको रुपमा राखेका सबै सेयर लिलामीमा राखिदिने धम्की समेत दिएका थिए । कतिसम्म अन्याय थियो, सोच्नुुहोस् त ? 

मैले मुद्धा हालेकै कारण नेपाल बैंकका सीइओले ७ दिनभित्र ऋण नतिरे मैले धितोको रुपमा राखेका सबै सेयर लिलामीमा राखिदिने धम्की समेत दिएका थिए । कतिसम्म अन्याय थियो, सोच्नुुहोस् त ? 

त्यही व्यक्ति, जसले पहिला मेरो घरैमा अफिसर पठाएर ६ प्रतिशतमा सेयर लोन लिइदिन आग्रह गर्यो, जब मैले आफूले खरीद गरेको सेयर पाउन सर्वोच्चमा मुद्धा हाले, अनि त्यही व्यक्तिले मलाई पत्र पठाएर ‘जसले हामीविरुद्ध मुद्धा दायर गरेको छ, त्योसँग हामी डिल गर्दैनौ’ भनेर निहुँ खोज्न थाल्यो । नेपाल बैंकले दिएको तनावका कारण, त्यसबेला म तीन दिन, तीन रात निदाउन सकिँन । म त्यसबेला त एक उदाउँदो लगानीकर्ता मात्र थिएँ नि । 

मैले ७ प्रतिशत ब्याजदरमा लोन लिएको थिएँ । त्यसपछि उनीहरुले ब्याजदर कुनै पनि बेला बिनासूचना बढाइन्छ भन्न थाले । एक महिनापछि यो दर ८ प्रतिशत, अर्को महिना ९ प्रतिशत र अर्को महिना १० प्रतिशत हुँदै यसैगरी बढ्दै जानसक्ने भनिन थालियो । मैले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १७ प्रतिशतसम्म तिर्नुपर्यो ।

यस्तो बेलामा मसँग अन्य उपाय नै के थियो र ? यदि मैले सेयर बिक्री गर्न थालेको थिएँ भने त्यसबेला मैले खरीद गरेको मूल्य भन्दा घटेर बिक्री गर्नुपर्ने अवस्था थियो । अनि मैले त्यो बेला अतिरिक्त सेयर कर्जा समेत लिनसक्ने अवस्था थिएन, कारण मसँग धितोको रुपमा राख्न अन्य धेरै सेयर बाँकी थिएन ।  

एक महिनापछि यो दर ८ प्रतिशत, अर्को महिना ९ प्रतिशत र अर्को महिना १० प्रतिशत हुँदै यसैगरी बढ्दै जानसक्ने भनिन थालियो । मैले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १७ प्रतिशतसम्म तिर्नुपर्यो ।
 

त्यसपछि चाहि म हिमालयन बैंक र एनआइसी बैंकमा पुुगेँ । मैले उनीहरुलाई मेरो अवस्था बताए र १५ करोड ऋण मागेँ । हिमालयन बैंक मलाई १० करोड दिन तयार भयो भने एनआइसीले मलाई ५ करोडको अफर गर्यो । म हिमालयन बैंक र एनआइसीप्रति आभारी छुु । त्यसअघि मेरो उनीहरुसँग कुनै सम्बन्ध वा उनीहरुको बैंकमा कुनै कारोबार पनि थिएन, तर उनीहरुले मलाई किन कर्जा दिए ? हेर्नुहोस्, बैंकहरुले सधैं राम्रा क्लाइन्ट मात्र खोज्छन् । उनीहरुका लागि राम्रा क्लाइन्ट ती व्यक्ति हुन्, जसले ब्याज तिर्न सक्छ । 

यहीकारण, यदि तपाई राम्रो क्लाइन्ट हो भने तपाईले माग गरेभन्दा दोब्बर, तेब्बरसम्म ऋण पाउन गाह्रो हुन्न । तर यदि उनीहरुले तपाईले ब्याज तिर्न सक्नुुहुन्न भन्ने कुरा बुुझे भने तपाईले १० अर्बको धितो राख्नुु नै भयो भने पनि तपाईलाई १ अर्ब समेत ऋण दिंदैनन् । तपाईंले ब्याज तिरिरहे कुनै पनि बैंकले सावा रकमको बिषयमा कचकच गर्दैनन् । ब्याज चाहि तिरिरहनुुपर्यो । म पनि यस्तै फेजबाट गुज्रिएको थिएँ । 

म बन्दीपुरमा जन्मिएँ, चितवनमा बढेँ र २०४५ मा काठमाण्डौ आएँ । मैले यो क्रममा जति कमाएँ, सबै बैंक तथा फाइनान्स कम्पनीको सहयोगबाटै संभव भएको हो, यसमा कुनै शंकै छैन । उसो भए मेरो तर्फबाट जुन बैंकले मलाई दुखाएको थियो, त्यसविरुद्ध केही गर्नु मेरो अधिकार थिएन र ? यदि मैले ऋण लिन्छुु र कुनै बैंकको कालोसूचिमा परे भने त्यो न मेरो लागि राम्रो हुन्छ न त मेरा बालबच्चाको भविष्यका लागि नै । 

यदि तपाई राम्रो क्लाइन्ट हो भने तपाईले माग गरेभन्दा दोब्बर, तेब्बरसम्म ऋण पाउन गाह्रो हुन्न । तर यदि उनीहरुले तपाईले ब्याज तिर्न सक्नुुहुन्न भन्ने कुरा बुुझे भने तपाईले १० अर्बको धितो राख्नुु नै भयो भने पनि तपाईलाई १ अर्ब समेत ऋण दिंदैनन् । 

यही कारण थियो, मैले सबै सेयर बिक्री पनि गरेको थिएँ कुनैबेला । कारण, बैंकको कालोसूचिमा नपरियोस् भन्ने विचार नै मुख्य थियो । मैले एभरेष्ट बैंकको सेयर प्रतिकित्ता ६५० रुपैयाँमा बिक्री गरेँ । मैले महत्वपूर्ण सम्पत्ति समेत निकै कम मूल्यमा बिक्री गर्नु परेको थियो । मैले २०६९ साल बैशाखबाट बिक्री गर्न सुरु गरेको थिएँ । मैले स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर प्रति कित्ता १२ सयदेखि १३ सयसम्म बिक्री गरेको थिएँ । अब मैले सबै लोन तिरिसकेँ र म कसैको पनि ऋणि छैन । केही सेयर कर्जा भए पनि म अहिले चाहि सुविधाजनक अवस्थामै छुु ।

क्रमशः 

(प्रधानले अंग्रेजीमा लेखेको ब्लगमा आधारित)

 

भाग १ र भाग २ छुटाउनुभयो कि ?