म बजारमा मेरो भविष्यको विषयमा आशावादी छु, सधैं थिएँ । जब सेयर मार्केट सन् २००८ बाट क्र्यास हुन सुरु भयो, त्यसपछि अर्थमन्त्री डा. बाबुराम भट्टराईले संकटको बिषयमा छलफल गर्न एक आपतकालीन बैठक डाक्नुुभयो । उच्च सरकारी अधिकारी, गभर्नर, चिनिएका अर्थशास्त्री, संस्थागत लगानीकर्ता लगायतको त्यहाँ ठूलो जमघट भयो । सो बैठकमा सहभागी संस्थागत लगानीकर्ताहरुले नेपाल राष्ट्रबैंक र सरकारको गलत नीतिका कारण बजारमा क्र्यासको संकट आएको तर्क गरे । उनीहरुले नेपाल राष्ट्रबैंकले कुल धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र सेयर धितोकर्जा पाउने भनी बनाएको नयाँ नियम लगायत नै संकटको प्रमुख जड भएको बताए । कतिपयले भने अर्थमन्त्रीले सेयरबजारलाई जूवाघर भन्ने अभिव्यक्ति दिएका कारण समेत बजार क्र्यास भएको आरोप लगाएका थिए । 

सो बैठकमा सहभागी संस्थागत लगानीकर्ताहरुले नेपाल राष्ट्रबैंक र सरकारको गलत नीतिका कारण बजारमा क्र्यासको संकट आएको तर्क गरे । कतिपयले भने अर्थमन्त्रीले सेयरबजारलाई जूवाघर भन्ने अभिव्यक्ति दिएका कारण समेत बजार क्र्यास भएको आरोप लगाएका थिए । 

तर मैले भने डा. भट्टराईलाई बजार यसरी क्र्यास हुनुु एउटा दुुर्योग मात्र रहेको बताएँ । तथापि उनको अभिव्यक्ति बजार क्र्यास हुनलाई प्रेरक चाहि बनेकै थियो । तर उनको अभिव्यक्तिको बाबजुद पनि यथार्थमा यो क्र्यास अनिवार्य थियो । त्यसबेला मैले डा. भट्टराईलाई भनेको थिएँ–‘तैपनि सर, तपाईले सेयर बजार जूवाको घर होइन भनेर चाहि बुुझ्नुुपर्छ । यदि तपाईले जूवा हार्नुभयो भने तपाई पूरा रुपमा रित्तिनुुहुन्छ, साथमा केही हुन्न । तर सेयर बजार क्र्यास नै भए पनि तपाईसँग सेयरको बैधानिक प्रमाणपत्र त बाँकी हुन्छ कम्तीमा । र, यो सर्टिफिकेटको मूल्य आउँदा दिनमा फेरि फर्किन सक्छ, फिर्ता हुनसक्छ । यो व्यवसायमा नाफा र घाटा दुवैको बराबरी संभावना हुन्छ, दुवै न्यायिक हुन् ।’ तपाईले त्यतिबेला मात्र आफ्नो नाफा र घाटाको हिसाब गर्नुहुन्छ, जति बेला तपाई आफ्नो सेयर क्यास गर्नुहुन्छ । उहाँलाई मैले अन्य कुरा पनि भनेँ । मैले उहाँलाई यदि तपाई २०७० सालमा प्रधानमन्त्री हुनुुभयो र तपाईले फेरि यस्तै अभिव्यक्ति दिनुुभयो भने सो बेला त्यसले बजारमा कुनै असर पुुर्याउँदैन पनि भनिदिएँ । र, त्यस्तो बेलामा तपाईको अभिव्यक्तिलाई सुुनेर अधिकांश कारोबारी तथा लगानीकर्ता जूवा नै रोज्नेछन् । 

आज आएर मेरा कतिपय प्रक्षेपण सही साबित भएको छ । वास्तवमा मैले केही मिडियाका साथीहरुलाई पनि भनेको थिएँ कि २०१२ तिर सेयर बजारमा उछाल आउनेछ । नभन्दै त्यस्तै भयो।

यदि तपाईले जूवा हार्नुभयो भने तपाई पूरा रुपमा रित्तिनुुहुन्छ, साथमा केही हुन्न । तर सेयर बजार क्र्यास नै भए पनि तपाईसँग सेयरको बैधानिक प्रमाणपत्र त बाँकी हुन्छ कम्तीमा । र, यो सर्टिफिकेटको मूल्य आउँदा दिनमा फेरि फर्किन सक्छ, फिर्ता हुनसक्छ ।

सारांशमा भन्नुुपर्दा म सेयरबजार र मेरा सेयरको प्रदर्शनको बिषयमा आशावादी भइराखेँ किनभने म बजारको ट्रेण्डलाई सही ढंगले विश्लेषण गर्न सक्छुु कि जस्तो लाग्छ । अनि मैले जे प्रक्षेपण गरेको हुन्छ, त्यसको रिजल्ट मेरो पक्षमै हुन्छ । सायद यो मलाई भगवानले दिएको शक्ति पो हो कि ?

यसबाहेक, यदि तपाई कुनै पनि व्यक्तिको मनोविज्ञानलाई नजिकबाट बुुझ्न चाहनुुभयो त्यसबाट धेरै कुराहरु थाहा पाउनसक्नुुहुन्छ, धेरै खालका संकेतहरु तपाईले बुुझ्नुुहुन्छ । यसरी नै बजार, त्यहाँका मान्छे, उनीहरुको मनोविज्ञानलाई राम्रोसँग बुुझ्न जान्नुुभयो भने तपाई आफैंले नाफा बढाउने खालको वातावरण बनाउन सक्नुुहुुन्छ । त्यसैले हिजोआज मैले त्यस्तै वातावरण बनाइरहेको छुु, ताकि आउँदा दिनमा म अझ माथि पुुग्न सकूूँ । 

त्यसका लागि मैले १५ करोड खर्च गरेको छुु । यदि मैले यो बिक्री गरेँ भने पनि त्यहाँबाट मलाई २५ करोड रुपैयाँ आउँछ । यदि मैले ती सेयर धितो राखेर सेयर कर्जाका लागि प्रयास गरे भने त्यसबाट मैले २५० करोड मूल्यको सेयर खरीद गर्ने क्षमता बनाउन सक्छुु ।

जब म विगतमा अति नै खराब अवस्थामा थिएँ, तथापि मैले आफूलाई संकटबाट बचाउनका लागि त्यो वातावरण तयार गरे नै । अब त कम्तीमा मसँग केही बनाउनका लागि केही छ । हालै मैले नेपाल बैंक लिमीटेडको १५ लाख कित्ता सेयर खरीद गरेको छुु । त्यसका लागि मैले १५ करोड खर्च गरेको छुु । यदि मैले यो बिक्री गरेँ भने पनि त्यहाँबाट मलाई २५ करोड रुपैयाँ आउँछ । यदि मैले ती सेयर धितो राखेर सेयर कर्जाका लागि प्रयास गरे भने त्यसबाट मैले २५० करोड मूल्यको सेयर खरीद गर्ने क्षमता बनाउन सक्छुु । अझै पनि धेरै बैंकहरु छन्, जसले मलाई ९० प्रतिशत मार्जिनमा मलाई सेयर कर्जा उपलब्ध गराउन तयार छन् । मसँग करिब ३० लाख कित्ता एनसीसी बैंकको सेयर पनि छ ।

लगानीकर्तालाई केही टिप्स
सामान्य लगानीकर्ताले कहिल्यै पनि ठूला बैंकहरुमा जानुुहुुन्न । भनिन्छ ठूला बैंक सामान्य लगानीकर्ताका लागि राम्रो अप्सन हुनैसक्दैन । मैले यहाँ लगानीकर्ताको पक्षबाट कुरा गरिरहेको छुु । प्राकृतिक रुपमा कुनै पनि एउटा सेयरको मूल्य १८ सय हुुनुु राम्रो कुरा हो, तर यो आवश्यक छैन कि सेयर लगानीकर्ताहरुका लागि यो नै उत्तम छनौट हो । त्यस्ता व्यक्ति, जो लामो समयका लागि लगानी गर्न चाहन्छन् भने उनीहरुको हकमा त यो आवश्यक नै छैन ।  तर, एउटा लगानीकर्ताले कुन चाहि सेयरले धेरै बोनस सेयर र धेरै नगद लाभांश दिनसक्छ भन्ने कुरामा सधैं ध्यान दिनुुपर्छ । वास्तवमा, धेरै बोनस दिनसक्ने सेयरले नै हामीलाई उभो लगाउन सक्छ । 

अर्को कुरा, एउटा लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यो कम्पनीको ब्यालेन्ससिट, सो कम्पनीको प्रतिष्ठा, व्यवस्थापनको क्षमता र विशेष गरी सो कम्पनीको संचालकहरुको क्षमता तथा इमेजतर्फ पनि ध्यान दिनुुपर्छ । 

लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यो कम्पनीको ब्यालेन्ससिट, सो कम्पनीको प्रतिष्ठा, व्यवस्थापनको क्षमता र विशेष गरी सो कम्पनीको संचालकहरुको क्षमता तथा इमेजतर्फ पनि ध्यान दिनुुपर्छ । 

तर, मैले चाहि धेरै भन्दा धेरै सर्ट टर्म इन्भेष्टमेन्ट नै गरेको छुु । यदि तपाई पनि सर्ट टर्म लगानीमै जान चाहनुुहुन्छ भने संस्थागत लगानीकर्ताहरुले सिफारिस गरेको बैंकको सेयर खरिद गर्न सक्नुुहुन्छ, जुन सेयर आगामी दिनमा बुलिस ट्रेण्डमा जाने प्रवल संभावना हुन्छ । कतिपय अवस्थामा चाहि यदि कुनै पनि बैंक सानो छ र राम्रो बित्तीय अवस्था पनि छैन भने पनि कतिपय ठूला लगानीकर्ताहरु त्यसमा चासो दिन्छन्, यसले त्यस्ता बैंकहरु संकटको बाढीमा तैरिन सक्छन् । विगतमा बैंक अफ काठमाण्डूू समेत यस्तै बैंक थियो । त्यसपछि कुमारी बैंक पनि यस्तै बैंकको रुपमा आयो । अहिले एनसीसी बैंकले समेत त्यसैगरी ठूला लगानीकर्ताको ध्यान तानिरहेको छ, कारण त्यस्ता ठूला लगानीकर्ताको सेयर बजारमा सामान्य ट्रेण्डबाट प्रभावित हुन्छ । भन्नुुको अर्थ, यदि ठूला बैंक जस्तै स्ट्याण्डर्ड चार्टर्ड र नवील बैंकको सेयर मूल्य उचालियो भने, बजारका सबै वाणिज्य बैंकको मूल्य बढ्छ बढ्छ । 

अर्कोतर्फ, सर्ट टर्म वा लङ टर्म लगानीकर्ताले भूलेर पनि निकट भविष्यमै मर्जरमा जान लागेका कुनै पनि विकास बैंक र फाइनान्सको सेयर खरीद गर्नुहुुन्न । यदि मर्जरमा जाँदै गरेको विकास बैंकको सेयर तपाईले खरीद गर्नुभयो भने त्यसको मूल्य करिब दुुईतिहाईले घट्नेछ । उदाहरणका लागि, यदि तपाईले प्रति कित्ता १ सय रुपैयाँको दरले खरीद गर्नुभयो भने मर्जरपछि त्यो सेयरको मूल्य घटेर २५ रुपैयाँमा झर्छ । 

क्रमशः 

(प्रधानले अंग्रेजीमा लेखेको ब्लगमा आधारित)

 

भाग १, २ र ३ पढ्न छुट्यो कि ?