झुन्ड प्रवृत्ति के हो ?
समूहमा सामेल भएर अरुको कार्यको अनुसरण गर्नुलाई नै झुन्ड प्रवृत्ति भनिन्छ। मानव सभ्यताको विकाससँगै मानिसहरु समूहमा बस्न थाले।
हामी एक सामाजिक प्राणी हौँ। कुनै पनि समस्या, डर आदिमा समूहले नै हामीलाई सहयोग र मार्गदर्शन गर्दछ। हो समूह, भीड, झुन्डको मार्गदर्शन हाम्रा लागि महत्वपूर्ण बैसाखी त बन्न सक्छ तर कयौँ अवस्थामा यसले हाम्रो आफ्नो विश्लेषण गर्ने र निर्णय लिने क्षमतामा असर पुर्याउँदछ।
आफ्ना लागि निर्णय लिन आफ्नो विवेक र ज्ञानको उपयोग स्वयंको सट्टा त्यही भीडले गर्दछ। भेडाको समूहमा एकको अन्यले अनुसरण गरेजस्तै झुन्ड प्रवृत्ति एक यस्तो व्यवहार हो, जसमा अन्यको नक्कल गर्दै अनुसरण गरिन्छ।
आफ्नो लगानीमा झुन्ड प्रवृत्तिको प्रभाव
यो प्रवृत्ति समाजको हरेक क्षेत्रमा झैँ सेयर बजारमा पनि लागू हुन्छ। जहाँ लगानीकर्ता आफ्नो विश्लेषणमा भरोसा गर्न छाडेर अन्यको पछाडि लाग्दछन्। अर्को शब्दमा भन्दा झुन्ड मनोवृत्तिको लगानीकर्ता यही मनोविज्ञानबाट सञ्चालित भई अरुको पछि लाग्दै अरु समान नै लगानी गर्न अगाडि बढ्दछ। यही झुन्डको प्रवृत्तिले नै पेनिक खरिद र पेनिक बिक्रीका माध्यमले बजारमा अनियन्त्रित उतारचढाव ल्याउँदछ। उदाहरणका लागि ठूला खेलाडी या कुनै संस्थाले कुनै एउटा कम्पनीको सेयर ठूलो परिमाणमा खरिद गर्न सुरु गर्यो। त्यो कम्पनीको सेयर मूल्यमा अचानक वृद्धि हुन थाल्यो। अब मानिसले देख्दछन् कि ओहो फलानो कम्पनीको त मूल्य बढ्न पो थाल्यो र हेर्दाहेर्दै मानिसको झुन्ड त्यसैको एक भाग बन्न पुग्दछन्। किनकि मानिसको यो झुन्डलाई लाग्दछ कि जसले उक्त कम्पनीको सेयर खरिद गर्दैछ, पक्कै तिनीहरुसँग यो कम्पनीको केही भित्री सूचना होला र सबै त्यही झुन्डको अनुसरण गर्नमा लाग्दछन्।
एक भनाइ छ– ट्रेन्ड इज योर फ्रेन्ड। ट्रेन्ड हेर्दै झुन्डका साथमा लागेर काम गर्नु कहिले–कहीँ फाइदाजनक हुन सक्ला। तर, हामीजस्ता साना लगानीकर्ताले एक ट्रेन्ड बनाउन सक्दैनौँ। २–४ सय कित्ताको खरिदले के फरक पर्छ ? हजारौँ हजार कित्ता एकै पटक खरिद गर्ने संस्था तथा ठूला लगानीकर्ताका कारण फरक पर्ने हो। त्यसैले ट्रेन्डका साथमात्र लागेर लगानी गर्दा ठूला लगानीकर्ता कहाँ निस्कने हुन् भन्ने कुरा पत्ता लगाउन अलि समस्या हुने हुँदा मूल्यमा केही परिवर्तन हुनेबित्तिकै हामीले ट्रेलिङ स्टप लस लगाएर काम गर्नुपर्ने हुन्छ तर स्वअध्ययनले स्टक चयन गरी लगानी गरेको छ भने मूल्यमा केही अन्तर हुँदासमेत हामीलाई त्यति डर लाग्दैन या समस्या हुँदैन।
झुन्ड मानसिकताको प्रवृत्ति बुझ्नु
हामी प्रायः मानिसको एक समूहले एकै तरिकाले एक निश्चित प्रकारको काम गर्ने गरेको पाउँदछौँ र यो देखेर हामी सोच्ने गर्छौं कि सबैजना गलत कसरी हुन सक्छन्? अरुले विश्लेषण र अनुसन्धान गरी कार्य गरेको होला भन्ने मनस्थिति बनाई हामी पनि त्यही झुन्डको पछि लाग्दछौँ। यसबारे अर्थशास्त्री रबर्ट श्रीलरले एक राम्रो उदाहरण दिएका छन्। मानौँ कि एक ठाउँमा २ वटा होटेल छेउ–छेउमै छन्, ‘क’ र ‘ख’। ‘क’ मा भीड छ र ‘ख’ प्रायः खाली छ। अब मैले कुनमा गएर खान्छु होला ? जहाँ भीड कम छ, त्यो भएकोले स्वच्छ पनि होला भन्ने मनमा आएको भावलाई ध्यान नदिई ९० प्रतिशत भीड रहेको होटेलमा नै जाने सम्भावना ज्यादा हुन्छ। किनकि हाम्रो मनले भीड ज्यादा जहाँ छ, त्यहाँ खाना राम्रो पाइने या होटेल सञ्चालकको व्यवहार राम्रो भएकोले नै त्यसमा भीड ज्यादा रहेको अनुमान लगाई भीडकै अनुशरण गर्दछ।
उपरोक्त उदाहरणमा मानिसले आफ्नो विवेकभन्दा अरुको निर्णयलाई सर्वोपरी ठान्दै अरुकै निर्णयलाई मान्यता दिन्छन् भन्ने देखाइएको छ। वास्तवमा भन्ने हो भने हरेक मानिसको निर्णय अरुको निर्णयमा आधारित हुन्छ।
पूर्वाग्रहका कारण हुने झुन्ड प्रवत्ति
मानिसको झुन्डको अनुसरण गर्ने कयौँ कारण हुन सक्छन्। केही प्रमुख कारण निम्न छन्–
झुन्ड प्रवृत्तिबाट कसरी बच्न सकिन्छ ?
पहिलो कुरा त झुन्ड प्रवृत्तिको हरेक आयामबारे स्वअध्ययन गर्ने। मानौँ मलाई एउटा स्मार्ट फोन खरिद गर्नुछ भने मेरो निर्णय मेरो आवश्यकता, मसँग भएको पुँजी आदिमा भर पर्दछ न कि बजारमा अरुले के खरिद गर्दैछन् भन्नेमा।
यो केही समयको प्राक्टिस र अनुभवले खारिँदै जाने कुरा हो। यो कुनै पुस्तक पढेर या अरुले बताएर जानिने कुरा हैन। त्यसैले हरेक दिन ट्रेडिङ गर्दा त्यसको मनोविज्ञान बुझ्ने कोसिस गर्ने।
तल केही रणनीतिक उपाय दिइएको छ, जसले तपाइँलाई केही सहयोग गर्नेछ।
निष्कर्ष
हो, हरेक आयाममा झुन्ड, भीड नराम्रो हुँदैन तर त्यही झुन्डमा हाम्रो अत्यधिक निर्भरताले हामीमा अझ अज्ञानतालाई नै बढोत्तरी गर्दछ। अनिश्चितताको समयमा मानिसमा डर पैदा हुन्छ र केही मार्गदर्शन पाउन त्यही झुन्डमा निर्भर रहन्छन्। झुन्डमाथि हाम्रो निर्भरताले हाम्रो निर्णय लिन सक्ने क्षमतामा धेरै नै फरक पार्न सक्ने हुँदा कुनै पनि निर्णय लिनका लागि उपयोगी हुने कुराहरुबारे अगाडि नै जानकार हुन जरुरी छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19