Nepal Stock Exchange
काठमाण्डौ । मंगलबार बजारलाई बिमा र उत्पादनमूलक समूहले उचालेका छन् । यी दुुई समूहको सूचकले छलाङ मार्दा समग्र नेप्से परिसूचक ७.११ अंकले वृद्धि भई १६३६.१९ विन्दूमा पुुगेको छ । कारोबार रकम भने सोमबारको तुलनामा केही कम भएको छ ।
मंगलबार कारोबार रकमको आधारमा बिमा समूहकै दबदबा कायम रह्यो । ९५ करोडको हाराहारीमा कारोबार भएकोमा बिमा कम्पनीहरुले मात्रै ३९ करोडको हाराहारीमा कारोबार गरे ।
आइतबार र सोमबारको तुलनामा सेयर बजारको महत्वपूर्ण समूह बैकिंग थोरै अंकले घटेका कारण समेत बजार परिसूचक बढ्न बल पुुगेको हो ।
बैकिङ समूह ०.४ अंकले मात्र घट्यो । यस्तै, अन्य समूह ३.१८ अंकले ओरालो लाग्यो । बाँकी सबै समूहको सूचक हराभरा बने । सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक ७९.८५ अंक(३.२२ प्रतिशत)ले वृद्धि भयो । यस्तै, बिमा समूह १५७.३२ अंकले बढ्यो भने विकास बैंक ६.४८, जलविद्युत १८.०३, बित्त समूह ६.९६, होटल समूह ८.३९ र ट्रेडिङ समूह १.३५ अंकले वृद्धि भए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सामान्य सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढ्यो भने समग्र कारोबारमा समेत सुधार हुुँदा फ्लोट इण्डेक्समा ०.३ अंकले वृद्धि भयो ।
धेरै कारोबार गर्ने कम्पनी
मंगलबार राष्ट्रिय बिमा कम्पनी लिमीटेडले सबैभन्दा धेरै कारोबार गर्यो । यो कम्पनीको १० करोड २९ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, नेपाल इन्स्योरेन्स कर्पोरेसनले ५ करोड १० लाख, प्रभूू इन्स्योरेन्सले ३ करोड ८४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड २९ लाख, नेशनल हाइड्रोपावर कम्पनी लिमीटेडले ३ करोड १७ लाख बढीको कारोबार गरे । यस्तै, एशियन लाइफ इन्स्योरेन्सले २ करोड ९३ लाख, राष्ट्रिय बिमा कम्पनीको साधारण सेयर २ करोड ६१ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ४० लाख, प्रिमियर इन्स्योरेन्सले २ करोड ३१ लाख र हिमालयन जनरल इन्स्योरेन्सले २ करोड ७ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान बिमा कम्पनी र एक स्थान जलविद्युत समूहले कब्जा गर्यो ।
मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिबाट वाणिज्य बैंक बाहिरिने अनौठो घटना भएको छ । वाणिज्य बैंक र बिमा केन्द्रीय नेपाली सेयर बजारमा विगतमा हरेक दिनजसो वाणिज्य बैंकको दबदबा कायम रहँदै आएको छ । धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा एउटा पनि वाणिज्य बैंक नपरेको घटनालाई जानकारहरुले ‘दुर्लभ’ भनेका छन् ।
धेरै कमाउने र गुुमाउने कम्पनी
बजार परिसूचकमा सामान्य बढोत्तरी भए पनि ६ कम्पनीका लगानीकर्ताहरु मालामाल बने । राष्ट्रिय बिमा कम्पनीको साधारण र संस्थापक सेयरकै मूल्यमा १० प्रतिशतको बढोत्तरी भयो भने हिमालयन डिस्टीलरी लिमीटेड, न्याग्दी ग्रुुप पावर लिमीटेड, लुम्बिनी बैंक लिमीटेडको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । वरुण हाइड्रो र अरुण फाइनान्सको मूल्य ८ प्रतिशतले वृद्धि भयो ।
यो दिन सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतले गिरावट आयो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago