– अर्जुन तिमिल्सिना
काठमाण्डौ । केही समयदेखि सेयर बजारमा कारोबार तथा इन्डेक्स दुवैमा गिरावट आइरहेको छ।
अघिल्लो साता केही बढेको बजारले फेरि ओरालो यात्रा तय गरेपछि लगानीकर्तामा सेयर बजारको भविष्यलाई लिएर अन्यौलता छाउनु स्वाभाविक नै हो। यो साता पनि बजारमा कारोबारको दुवै दिन इन्डेक्स र भोलुम दुवै गिरावट आएको छ।
प्राविधिक रुपमा हेर्दा केही अल्पकालीन औजार जस्तै– एमएसीडीमा प्रस्ट रुपमा बुलिस क्रसओर देख्न सकिन्छ। आरएसआई पनि डाइभरजेन्स देखिएको छ। अर्थात, ३० को विन्दुबाट तल झर्न सकेको छैन। यसले प्रापिधिक रुपमा पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भन्ने बुझिन्छ।
बोलिंगर ब्यान्डका आधारमा पनि तल्लो ब्यान्डलाई छोएर मूल्य रेखा माथिको यात्रा लिएकोले लगभग करेक्सन सकिएको होजस्तो देखिन्छ।
आज हामीले विभिन्न अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत बजारको प्राविधिक पक्ष केलाउने कोसिस गरेका छौँ। प्रस्तुत छ– ती औजारहरुको विस्तृत व्याख्याय।
मैनबत्तीका आधारमा
मैनबत्तीका आधारमा यो साताको पहिलो कारोबारले माथि लामो पुच्छर बनेकोले केही बिक्रीचाप परेको बुझिन्छ। दोस्रो कारोबारमा तल लामो पुच्छर बनेकोले कारोबारको अन्त्यमा खरिदकर्ता हावी भएको बुझिन्छ। मैनबत्तीकै आधारमा भन्नुपर्दा लगानीकर्ता केही अलमलमा परेकोजस्तो देखिन्छ। त्यसैले आउने कारोबारले कस्तो आकृति बनाउँछ, त्यस आधारमा बजारको बाटोको निधारण हुने देखिन्छ।

इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। नेपालको सेयर बजारलाई केलाउँदा लगभग १६७५ सम्म वेभ (१) र करेक्सन हुँदै ११०३ मा वेभ (२) र तेस्रो वेभमा तीव्र वृद्धि भएर लगभग ३२०० को विन्दुसम्म र पुनः वेभ (४) मा करेक्सन भएर लगभग २४३४ को विन्दुसम्म र वेभ (५) लगभग फिवोनासीको १.६१ प्रतिशतको वृद्धिले लगभग ३६०० को विन्दुसम्म र २.६१ प्रतिशतको वृद्धिले लगाभग ४३०० को विन्दुसम्म बजार अबको दुई वर्षको समय लिएर बढ्न सक्छ। अल्पकालमा हाल बजारमा आएको करेक्सन यदि २४३४ को विन्दुभन्दा माथि नै रहन्छ भने त्यो करेक्सन इलिअट वेभको सिद्धान्तअनुसार सामान्य करेक्सन नै रहेको बुझ्नुपर्ने हुन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिर)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २७४१ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २४३४ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २२०० को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा १९५२ विन्दुसम्म आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइन अन्तगर्त भन्नुपर्दा सिग्नल लाइनले एमएसीडी लाइनलाई गत १० अक्टोबरमा तलबाट काटेको छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम सकारात्मक भएका छन् (हेर्नुहोस् कालो एरोे)। यो आधारमा आगामी दिनमा सेयर बजारका यात्रा सुखद् नै रहेको देखिन्छ।

बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला लोअर ब्यान्डलाई छोएर माथिल्लो ब्यान्डतर्फ लागेको छ तर मध्य रेखाभन्दा तल नै रहेको देखिन्छ। यसले बजार बुलिस नभइसकेको बुझिन्छ।

आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ३६ रहेको छ। जसको अर्थ हुन्छ, ओभर सोल्ड जोनको नजिक रहेको छ र अघिल्लोपटक यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २४.६२ मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो। हालको आरएसआईको अवस्था डाभरजेन्स भएको देखिन्छ। यसले बजार घट्न नमानेको अर्थात धेरै घटेर लगानीकर्ताले बेच्न नचाहेको देखिन्छ।

पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २६३४
घटेमा सपोर्ट

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19