काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजार झिनो अंकले ओरालो लागेको छ।
आज बजार १.३८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २६८८.९२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले बढेर ५०२.४४ को विन्दुमा पुगेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ।
सेयर लगानीकर्ता दबाब समूहमा महासचिव नयन बास्तोला आज सेयर बजारमा धेरै मोलमोलाइ भएको बताउँछन्। ‘लगानीकर्ताले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा कुरिरहेको देखिन्छ’, उनले भने, ‘सीडी रेसियो र ४–१२ को क्यापमा केही परिवर्तन नगरी पनि तरलता व्यवस्थापन हुन सक्छ।’
बास्तोला अब बजार २६५० भन्दा तल आउने सम्भावना कम रहेको बताउँछन्। ‘बजार फेरि माथि नै जाने सम्भावना छ’, उनले भने।
राष्ट्र बैंकले ब्याजदरलाई नियन्त्रणमा राख्नुपर्ने बास्तोलाको भनाइ छ। ‘सम्भवतः राष्ट्र बैंकले ब्याजदर माथि जान पनि दिँदैन’, उनले भने।
सक्रिय लगानीकर्ता विदुर भट्टराई अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्था रहेको बताउँछन्। ‘अहिले बजार धेरै तल जाने वा माथि जाने अवस्था छैन’, उनले भने, ‘१००–२०० अंकको तलमाथि होला’, उनले भने, ‘मौद्रिक नीतिको समीक्षा कस्तो आउँछ, त्यसले बजारको बाटो निर्धारण गर्छ।’
अहिलेको अवस्थामा राम्रा कम्पनी छनोट गरी लगानी गर्दा फाइदा नै हुने भट्टराईको सुझाव छ। ‘अहिले उत्साहित हुनुपर्ने अवस्था पनि छैन’, उनले भने, ‘डराइहाल्नुपर्ने अवस्था पनि छैन। बजार केही समय साइडवेजमा जान सक्छ।’
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज विकास बैंक समूह सर्वाधिक ३.१२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.८७ प्रतिशतले बढेको यो दिन वित्त समूहमा १.१८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, लघुवित्त समूहमा ०.०८ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२० प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन लगानी समूह सर्वाधिक ३.६२ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.१४ प्रतिशतले घटेको आज जलविद्युत समूहमा ०.१० प्रतिशत, जीवन बीमा समूह ०.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४६ प्रतिशत र बैंकिङ समूहमा ०.४१ प्रतिशत ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५.४० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक २७ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईसीएफसी फाइनान्सको २४ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको १६ करोड ६७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १६ करोड २३ लाख रुपैयाँ, साहस ऊर्जाको १३ करोड ४४ लाख रुपैयाँ, अरुण काबेली पावरको १३ करोड ८ लाख रुपैयाँ, अपी पावको १३ करोड ३ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ८१ लाख रुपैयाँ, ज्योति विकास बैंकको १० करोड ६३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ९ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बोटलर्स नेपाल (तराई)को सेयरमूल्यमा १० प्रतिशत तथा मानुषी लघुवित्त, तेह्रथुम पावर र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन एचआईडीसीएलका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago