काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज ३२.२९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७३३.१४ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले घटेर ५१५.४८ को विन्दुमा झरेको छ। कारोबार रकम भने हिजोको तुलनामा केही बढेर ४ अर्ब रुपैयाँ बढीको भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आजको बजार घटाइलाई करेक्सनका रुपमा लिन्छन्। तरलताको अभाव र अल्पकालीनकर्ताहरुले नाफाबुक गर्दा बजारमा गिरावट आएको उनको भनाइ छ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले सेयर धितो कर्जामा गरेको ४–१२ को क्याप परिवर्तन नहुने सम्भावना देखेर पनि लगानीकर्ताको मनोबल कमजोर भएको हुन सक्ने बिष्टको भनाइ छ। बजारमा पुस मसान्तसम्म सामान्य उतारचढाव हुन सक्ने उनले बताए।
बजार जानकार प्रेम वली अहिले मौद्रिक नीतिको समीक्षालाई लिएर लगानीकर्ताहरु अन्यौलता देखिएको बताउँछन्। ‘सोचेजस्तो समीक्षा नआउने डरले बजारमा करेक्सन आएको हो’, उनले भने।
मौद्रिक नीतिको समीक्षामा बजारअनुकूल केही नीति आएमा बजार बढ्नलाई सपोर्ट हुने ओलीको भनाइ छ। सरकार खर्च बढेमा र तरलता व्यवस्थापन भएमा बजार सकारात्मक महौल नै बन्ने उनले बताए। ‘अहिले धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामै छन्’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। यो दिन अन्य समूह ०.९४ प्रतिशतले उकालो लागेको छ।
यो दिन वित्त समूह सर्वाधिक २.३४ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह २.७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा १.४७ प्रतिशत, विकास बैंक समूहमा २.२३ प्रतिशत, जलविद्युत समूहमा २.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५५ प्रतिशत, लघुवित्त समूहमा १.०४ प्रतिशत, जीवन बीमा समूहमा १.२७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४६ प्रतिशत र लगानी समूहमा १.५३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ४१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको १२ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज महालक्ष्मी विकास बैंकको १० करोड ४२ लाख रुपैयाँ, अपी पावरको १० करोड ३३ लाख रुपैयाँ, अरुण काबेली पावरको ९ करोड ७० लाख रुपैयाँ, हिमालय दोलखा हाइड्रोपावरको ९ करोड ६६ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड ५९ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ८ करोड ८४ लाख रुपैयाँ, ज्योति विकास बैंकको ७ करोड ६९ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ७ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज मानुषी लघुवित्त सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन आईसीएफसी फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19