– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लामो समयको गिरावटपछि मंगलबार नेपालको सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको छ। योसँगै पुँजीबजारमा सर्किट ब्रेकको चर्चा चल्न थालेको छ।
खासगरी सेयर बजारमा सर्किट ब्रेकको आवश्यकता लगानीकर्ता धेरै हतोत्साहित तथा आक्रामक नहुन भनेर सोचविचार गर्न दिइएको समय हो। यसै विषयमा आज हामीले सेयर बजारको इतिहासमा सबैभन्दा पहिले कहाँ र कहिलेबाट सर्किट ब्रेकको सुरुआत भयो र किन सर्किट ब्रेक लगाइन्छ भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ।
विश्व सेयर बजारमा सबैभन्दा पुरानो इतिहास बोकेको डाउ जोन इन्डस्ट्रियल एभरेज (अमेरिकी सेयर बजार) नै हो। यो बजारमा सन् १९८७ अक्टोबर १९ (सोमबार) सबैभन्दा पहिले सर्किट ब्रेक लगाइएको थियो। अमेरिकी इतिहासमै यो दिन डाउ जोनमा २२.६ प्रतिशत अर्थात ५०८ प्वइन्टको गिरावट आएको थियो।
कारोबार खुलेको पहिलो दिन सोमबार डाउजोनमा यति भारी अंकको गिरावट आएपछि यसको असर विश्वभरका सेयर बजारमा पर्न गयो। योसँगै यो दिनलाई विश्व सेयर बजारको इतिहासमा ‘ब्ल्याक मन्डे’ पनि भनिन्छ।
योसँगै सन् २०१३ मा त्यहाँस्थित सेक्युरिटी बोर्डले गरेको परिमार्जनअनुसार सर्किटको तीनवटा लेभल तय गरिएको छ। जसअनुसार पहिलो तहमा एकैदिन ७ प्रतिशतले तलमाथि भयो भने १५ मिनेटका लागि कारोबार बन्द गरिन्छ। दोस्रो तहअन्तर्गत १३ प्रतिशतले गिरावट वा बढोत्तरी भएमा १५ मिनेटका लागि नै कारोबार बन्द गरिन्छ। त्यसपछि यदि बजार फेरि २० प्रतिशतले तलमाथि हुन्छ भने त्यो दिनभरिका लागि कारोबार बन्द गरिन्छ।
कस्तो छ नेपालमा सर्किट ब्रेकको व्यवस्था ? कसरी भयो सुरुआत ?
नेपालको सेयर बजारमा पनि अमेरिकी सेयर बजारकै ढाँचामा कारोबार रोक्ने नियम गरिएको छ। हाल नेप्सेमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार कारोबार सुरुआत भएको पहिलो घन्टा १२ बजेसम्म ४ प्रतिशतले बजार तलमाथि भएमा २० मिनेट कारोबार बन्द गरिन्छ। त्यसपछि खुलेको बजार फेरि १ बजेभित्र यदि ५ प्रतिशतले तलमाथि गर्छ भने ४० मिनेटका लागि नेप्सेले कारोबारमा रोक लगाउँछ। त्यसपछि पनि खुलेको बजार यदि २ बजेभित्र ६ प्रतिशतले तलमाथि गर्छ भने पूरै दिनभरका लागि कारोबार बन्द गरिन्छ। यो व्यवस्था नेपालको सेयर बजारमा २०६४ सालबाट सुरुआत गरिएको हो।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सर्किट ब्रेक भन्ने शब्द बिजुलीको वायरिङ प्रविधिबाट आएको हो। ‘जसरी ओभर भोल्टेजका कारण फ्युज गएर घर आगो लाग्नबाट बच्छ, त्यसै गरेर सेयर बजारमा पनि सर्किट ब्रेकबाट बजारमा उच्च उतारचढाव हुनबाट रोकिन्छ’, उनले भने।
नेपालको सेयर बजारमा पनि अमेरिकी सेयर बजारमा जस्तै उच्च गिरावट भएर लगानीकर्ताहरु धेरै हतोेत्साहित हुँदै ब्रोकर कार्यालयमा तोडफोड हुन थालेपछि सर्किट ब्रेक ार्फत कारोबार बन्द भएको आफूले सुनेको एसियन सेक्युरिटिज बुटवल शाखाका प्रबन्धक दीननाथ शार्माले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago