काठमाण्डौ । लामो सयमपछि आज नेपालको सेयर बजारको दैनिक चार्टमा गोल्डेनक्रस देखिएको छ। (हेर्नुहोस् हरियो एरो)

यसका साथै हिस्टोग्राम पनि सकारात्मक बनेका छन्। (हेर्नुहोस् कालो एरो)

हिस्टोग्राम सकरात्मक हुनु प्राविधिक भाषामा एमएसीडी लाइनले सिग्नललाई काटेर अबको यात्रा बुल हुन्छ भन्ने हो। यस्तो खालको बुल अल्पकालीन र दीर्घकालीन दुवै हुन सक्ने भएकोले यो कत्तिको टिकाउ हुन्छ भन्ने विषय आगमी दिनको सेयर बजारको कारोबार र भोलुम दुवैलाई हेरिनुपर्छ। 

एमएसीडीअन्तर्गत यदि सिग्नल लाइनले माथिबाट काट्छ भने बियरिस क्रसओभर र तलबाट काट्छ भने बुलिस क्रसओभर भएको बुझिन्छ। आजको दैनिक चार्टमा सिग्नल लाइनले तलबाट काटेको हुनाले बजार केही समय बुलिस हुन सक्ने अनुमान लागउन सकिन्छ।