– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अघिल्लो साताबाट लगभग २२६० को विन्दुबाट बढ्न सुरु गरेको सेयर बजारमा लगभग २६०० को विन्दुसम्म पुगेपछि करेक्सन आएको छ।
सेयर बजार सधैँ बढेको बढ्यै र घटेको घट्यै नगर्ने भएकोले केही समय बढेको बजारमा करेक्सन आउनु स्वाभाविक नै हो। यसबीचमा पनि बजारमा साना–ठूला करेक्सन पनि आएका छन्। जति करेक्सन आउँछ बजार त्यति नै मझबुत पनि हुने मानिन्छ। त्यसैले बजार जसरी घट्छ एक दिन फेरि त्यसरी नै बढ्ने पनि गर्छ।
सेयर बजारले जहिले पनि घट्दा सपोर्ट र बढ्दा प्रतिरोध गर्ने भएकोले अब आजबाट घट्न सुरु गरेको बजार कति–कतिमा सपोर्ट तथा प्रतिरोध लिन्छ भनेर हामीले विभिन्न टुल्सबाट बजारको अवस्था नियालेका छौँ।
मैनबत्ती विश्लेषणका आधारमा
मैनबत्ती विश्लेषण भनेको विभिन्न औजारहरुमध्ये सबैभन्दा छिटो संकेत दिने औजार हो। यो औजारले तुरुन्तै बजारको अवस्थाका बारेमा बुझ्न सकिन्छ। आजको सेयर बजारको कारोबारमा मैनबत्तीअन्तर्गत बियरिस इन्गल्फिङ (घेरिएको) बनेको छ। बियरिस इन्गल्फिङ भनेको मैनबत्ती चार्टमा यदि अघिल्लो दिनको हरियो मैनबत्तीलाई पछिल्लो दिन बनेको रातो मैनबत्तीले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् कालो एरो)। यसको ठीक उल्टो यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् हरियो एरो)। यस्तो भएमा बजार बढ्ने अनुमान लगाउन सकिन्छ। हाल देखिएको बियरिसको अवस्था अल्पकालका लागि हुन सक्ने देखिन्छ।

इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
हालको सेयर बजारलाई मिनेट डिग्रीअन्तर्गत वेभ (i) २८०० सम्म हुन सक्ने देखिन्छ। त्यसैगरी वेभ (ii) मा करेक्सन भएर २५०० सम्म तथा वेभ (iii) मा बढोत्तरीका साथ ३२०० र त्यहाँ बाट करेक्सन भएर (iv) ३००० र वेभ (v) मा ३८०० सम्म बजार पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २५३० विन्दुसम्म, ०.३८ प्रतिशतको टेवा २४७६ विन्दुसम्म, ०.५ प्रतिशतको टेवा २४३६ विन्दुसम्म र ०.६१ प्रतिशतको टेवा २३९१ विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (जुन तल तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यसलाई ल्यागिङ इन्डिकेटर पनि भनिन्छ किनकि यसले ढिलो संकेत गर्छ तर भरपर्दो हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा गत डिसेम्बर २२ मा बुलिस क्रसओभर बनेको अहिले पनि भ्यालिड नै रहेको छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम सकारात्मक नै रहेका छन् र लामा–लामा बन्दै गरेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)।

बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखा मध्य ब्यान्डभन्दा माथि अपर ब्यान्डभन्दा तल झरेको छ तर मध्य रेखाभन्दा माथि नै रहेकोले यो इन्डिकेटरका आधारमा बुलिस नै रहेको देखिन्छ।

आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ४९.०९ तहमा रहेको छ। जसको अर्थ हुन्छ न्युट्रल जोनमा छ र अघिल्लोपटक यो विन्दु ६० को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई १६.९ तहमा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। हाल बजार ओभर न्युट्रल जोनमा रहेकोले केही समय पर्ख र हेरको अवस्थामा पनि रहन सकिन्छ।

पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २४६९
घटेमा सपोर्ट

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19