काठमाण्डौ । धितोपत्र कारोबार साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको एक घन्टामै ८० अंकले उकालो लागेको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८०.१३ अंकले बढेर २८६०.११ को विन्दुमा पुगेको छ। यो भनेको २.८८ प्रतिशतको वृद्धि हो।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४ अंकले बढेर ५३३.१२ को विन्दुमा उक्लिएको छ।
अहिलेसम्म २१७ कम्पनीका ३९ लाख ४६ हजार ३४१ कित्ता सेयर २ अर्ब १९ करोड ९९ लाख ६२ हजार ३२ रुपैयाँमा किनबेच भएका छन्। अपी पावरको सर्वाधिक ११ करोड ८२ लाख रुपैयाँ बढी कारोबार भइसकेको छ।
अहिलेसम्म १८५ वटा कम्पनीका सेयरभाउ उकालो लागेको छ भने ४ वटा कम्पनीका सेयरभाउ ओरालो लागेका छन्। यो बेलासम्म २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
स्थानीय निकायको चुनाव हुने भएपछि अब यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको विश्लेषकहरु बताउँछन्। अब बजार तीव्रगतिमा उकालो लाग्ने उनीहरुको भनाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago