काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ।
आज बजार २२.११ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८१३.४७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.५१ अंकले घटेर ५२८.९९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला नाफा बुककै कारण बजारमा करेक्सन आएको बताउँछन्। ‘सबैतिर महौल सकारात्मक नै छ, अल्पकालीन लगानीकर्ताहरुले नाफाबुक गर्दा बजारमा करेक्सन आएको हो’, उनले भने।
बास्तोलाका अनुसार अहिले टेक्निकल हेर्नेहरुले मात्रै नाफाबुक गरेका हुन सक्छन्। ‘ठूला लगानीकर्ताहरुले सेयर होल्ड गरेर बसेको देखिन्छ’, उनले भने।
स्मार्ट लगानीकर्ताहरुले जहिले पनि सूचना आउनुअघि नै सेयर किन्ने हुँदा अहिले राम्रा समाचार आउँदा पनि बजार नबढेको बास्तोलाको तर्क छ। ‘बजार केही करेक्सनपछि अलटाइम हाईको बाटोतिर लाग्ने मलाई विश्वास छ’, उनले भने।
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने अहिले बजार घट्नुमा केही कारणहरु रहेको बताउँछन्। बैंकको ब्याजदर बढ्ने हल्ला, तरलतामा दबाब, एमसीसी पेचिलो बन्दै जानु, सेयर लोनमा टाइट हुनुजस्ता कारणले तत्कालका लागि धेरै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बस्दा बजार बढ्न नसकेको न्यौपानेको भनाइ छ।
न्यौपानेले टेक्निकल हेर्नेहरु पर्ख र हेरको अवस्थामा बस्दा कारोबार घटेको बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.५ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.२२ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.६९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०८ प्रतिशत, विकास बैंक समूहमा ०.९३ प्रतिशत, जलविद्युत समूहमा ०.९५ प्रतिशत, वित्त समूहमा १.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२१ प्रतिशत, अन्य समूहमा ०.१६ प्रतिशत, लघुवित्त समूहमा ०.९२ प्रतिशत, जीवन बीमा समूहमा ०.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७४ प्रतिशत र लगानी समूहमा १.०३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १८ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १४ करोड ५९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको १४ करोड ४७ लाख रुपैयाँ, निफ्राको १४ करोड १३ लाख रुपैयाँ, एचआईडीसीएलको ११ करोड २ लाख रुपैयाँ, अप्पर तामाकोशीको १० करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८६ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ८ करोड ७४ लाख रुपैयाँ, अपी पावरको ८ करोड ६३ लाख रुपैयाँ र शिवम सिमेन्टको ७ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज लिबर्टी इनर्जीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले उकालो लागेको छ।
यो बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago