काठमाण्डौ । सेयर बेचेपछि हामीले २४ घन्टाभित्र ईडीआईएस (सेयर हस्तान्तरण) गर्नुपर्ने हुन्छ। यदि हामीले तोकिएको समयमा ईडीआईएस गरेनौँ भने बेचेको सेयरको कुल रकमको २० प्रतिशत क्लोजआउटबापत जरिवनामा तिर्नुपर्ने हुन्छ।

ईडीआईएस गर्न सबैभन्दा पहिले हामीले ‘मेरो सेयर’ लगइन गर्नुपर्छ। त्यसपछि ‘माई पर्चेज सोर्स’मा गएर दुईवटा काम गर्नुपर्ने हुन्छ। माई पर्चेस सोर्समा पहिले ‘स्क्रिप’ मा गएर आफूले बेचेको कम्पनीको कोड सर्च गर्ने। त्यसपछि तल कम्पनीको कोड छेउमा रहेको चार कोठमा टिक लगाउने र प्रोसिड गर्नुपर्छ। 

त्यसपछि ‘आई हेयरबाई...’मा टिक लगाएर अपडेटमा क्लिक गर्नुपर्छ। यति भएपछि डब्ल्यूएसीसीको काम सकिन्छ। (तल तस्बिरमा हेर्नुहोस्) 

डब्ल्यूएसीसी गरिसकेपछि हामीले अब कर प्रयोजनका लागि ‘माई होल्डिङ’ मा जानुपर्छ। माई होल्डिङमा रहेको ‘स्क्रिप’ आफूले बेचेको कम्पनीको कोर्ड राखेर सर्च गर्नुपर्छ। 

त्यहाँ पनि अल्पकालीन हो वा दीर्घकालीन हो भन्ने आफैँ प्रणालीले छुट्याउँछ। त्यसपछि तल देखिने ‘स्क्रिप’ को कम्पनी कोड छेउको चारकोठमा टिक लगाइदिनुपर्छ। यति भएपछि ‘माई पर्चेज सोर्स’को काम सकिन्छ। (हेर्नुहोस् तल तस्बिरमा)

अब हामी ‘माई ईडीआईएस’ मा जाने र ट्रान्सफर सेयरमा गएर ‘भ्यु डिटेल’ मा क्लिक गर्ने। त्यहाँ रहेको चार कोठाभित्र क्लिक गर्ने(हेर्नुहोस् कालो एरो)

अन्त्यमा प्रोसिडमा क्लिक गर्ने। यति गरेपछि तपाइँले बेचेको सेयर खरिदकर्तालाई हस्तान्तरण हुन्छ।