security board of nepal
काठमाण्डौ । धितोपत्र बोर्डले १० हजार सेयरधनी रहेको र दुुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको संस्थाको सेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ ।
लामो समयदेखि लगानीकर्ताहरुले गरिरहेको मागलाई सम्बोधन गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र बिस्तार गर्दै बोर्डले यस्तो व्यवस्था गरेको हो ।
यो व्यवस्थासँगै अब लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीबाटै मार्जिन कारोबारको सुविधा पाउनेछन् । यसले सेयर धितो कर्जाका लागि बैंकहरुमा धाउनुपर्ने बाध्यता हट्ने बताइएको छ ।
धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछन् ।
बोर्डले कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचिकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउनुपर्ने स्पष्ट निर्देशन दिएको हो । यस्तै, मार्जिन कारोवार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने नीतिगत व्यवस्था भएको छ ।
धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको शेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुनआउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनुपर्ने व्यवस्था गरिएको छ । यो नयाँ व्यवस्थापछि पनि हाल नेपाल राष्ट्र बैंकको निर्देशनमा उपलब्ध भइरहेको मार्जिन लेण्डिङ्गको रुपमा रहेको शेयर धितो कर्जा यथावत रहनेछ । नयाँ व्यवस्थाबाट मार्जिन कारोवार सम्बन्धमा स्पष्ट रुपमा नीतिगत व्यवस्था भई मार्जिन कारोवार सुविधा कार्यान्वयनमा आई दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डको विश्वास छ । यसका साथै यस व्यवस्थाबाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद विक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा छ ।
बोर्डले गरेको मार्जिक कारोबार सम्बन्धी अन्य व्यवस्था हेरौं बुँदागत रुपमा:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago