काठमाण्डौ । यो साता लगातार दुई दिन घटेको सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १३.३७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २३५७.२४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६१ अंकले बढेर ४४७.७६ को विन्दुमा पुगेको छ। बजारमा आज सवा १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आज बिक्रीकर्ता पछि हटेका कारण बजारमा सुधार आएको बताएको बताउँछिन्। ‘अब केही समयमा तरलता पनि सहज हुनेछ, पुँजीगत खर्च पनि बढ्दै गएको छ’, उनले भनिन्, ‘यसले बजार पनि सकारात्मक हुन सक्ने देखिन्छ।’
चैत मसान्तको प्रभाव पनि सकिएकोले अब विस्तारै सम्हालिन सक्ने पोखरेलको अनुमान छ। ‘त्यसैले नेप्सेको सूचकभन्दा आधारभूत रुपमा बलिया देखिएका कम्पनीहरुमा अहिले लगानी गर्ने बेला हो’, उनले भनिन्।
बजार जानकार प्रकाश रजौरे बजार धेरै तल आइसकेकोले आजको बढाइबाट अब घट्न रोकिएको हुन सक्ने बताउँछन्। ‘बजार घटाउन नियोजित ढंगले नियामक निकायहरुले विभिन्न नीति ल्याए’, उनले भने, ‘यद्यपि बजारले अब टाउको उठाउने प्रयास गरिरहेको छ।’
स्थानीय चुनावमा मनोनयनसँगै बजार उकालो यात्रातिर लम्किने रजौरेको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन अन्य समूहमा सर्वाधिक १.०९ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.०४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३८ प्रतिशत, व्यापार समूहमा ०.०४ प्रतिशत, विकास बैंकस समूहमा ०.८२ प्रतिशत, जलविद्युत समूहमा ०.४३ प्रतिशत, वित्त समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४५ प्रतिशत, लघुवित्त समूहमा ०.७ प्रतिशत, जीवन बीमा समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशत र लगानी समूहमा ०.५३ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नबिल बैंकको सर्वाधिक ६ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज महालक्ष्मी विकास बैंकको ३ करोड ८३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ५५ लाख रुपैयाँ, अपी पावरको ३ करोड ३८ लाख रुपैयाँ, मेरो माइक्रोफइनान्सको संस्थापक सेयरको ३ करोड ११ लाख रुपैयाँ, निफ्राको ३ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६१ लाख रुपैयाँ, अप्पर तामाकोशीको २ करोड ४३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको २ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नेष्डो समृद्ध लघुवित्त र ग्रिन भेन्चर्सका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
उता दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले भने सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ झन्डै ९ प्रतिशतले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19