– अर्जुन तिमिल्सिना
काठमाण्डौ । गत साता सेयर बजारमा ५ दिन कारोबार हुँदा ४ दिन बढ्यो भने १ दिन घट्यो। गत साताभर बजारमा १०१ अंकको बढोत्तरी आयो। साताभर बजारमा ८.५६ अर्ब रुपैयाँको कारोबार भयो। यो भनेको साप्ताहिक रुपमा बजार दैनिक औसत १.७१ अर्ब रुपैयाँको कारोबार हो।
लामो समयको गिरावटपछि गत साता सेयर बजारमा एउटा राम्रो बाउन्स आएको थियो। तर, बजार साताको अन्तिम कारोबारमा १८.६४ अंकले गिरावट आएको छ। चार दिन बढेको बजारमा केही बढोत्तरीपछिको गिरावटलाई सामान्य करेक्सन नै मान्न सकिन्छ।
गत साता सेयर बजारमा कारोबार र सूचक दुवैमा बढोत्तरी आउनले बजार मजबुत भएको मान्न सकिन्छ।
क्यान्डल स्टिकका आधारमा
क्यान्डल स्टिकको प्रयोग सबैभन्दा पहिला जापानबाट गरिएको हो। यो सेयर बजारमा सबैभन्दा पहिला बजारको अवस्थालाई बुझाउने इन्डिकेटरका रुपमा मानिन्छ।
क्यान्डल स्टिकका आधारमा बजारलाई विक्ली चार्टमा हेर्दा बुलिस क्यान्डल बनेको देखिन्छ। यसले दीर्घकालमा बजारमा बढोत्तरीको सम्भावना देखिन्छ भने दैनिक चार्टमा हेर्दा अन्तिम दिनको कारोबारमा सानो रातो क्यान्डल बनेको देखिन्छ। यसले आगामी दिनको १–२ कारोबारमा सामान्य गिरावटआउन सक्ने देखिन्छ।
क्यान्डल स्टिकका आधारमा हालको बजारलाई हेर्दा अल्पकालमा सामान्य गिरावट आउन सक्छ भने दीर्घकालमा भने बजार बढोत्तरी नै हुन सक्ने देखिन्छ।

फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।
यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २३५० को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २३२० को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २२९६ को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा २२७५ को विन्दुसम्म आउन सक्ने देखिन्छ।

बोलिंगर ब्यान्डका आधारमा
गत साताको सेयर बजारलाई बोलिंगर ब्यान्डका आधारमा दैनिक चार्टमा हेर्दा मध्यब्यान्डभन्दा माथि नै हरियो मारुबुजु क्यान्डल बनेको छ। कारोबारको अन्तिम दिनको क्यान्डल रातो बनेको भए पनि मध्यब्यान्डभन्दा माथि नै बनेका कारण बजार सपोर्ट लेभलभन्दा माथि नै रहेको बुझिन्छ। आओरली चार्टअन्तर्गत भने क्यान्डल स्टिकहरुले अप्पर ब्यान्डलाई छोएर केही तल झरेका कारण यी क्यान्डलहरु मध्यब्यान्डसम्म आउन सक्छ (हेर्नुहोस् कालो एरो)। यसकारण सेयर बजारमा अल्पकालमा सामान्य गिरावटको सम्भावना देखिन्छ।

एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ।
यो लाइनलाई आधार मान्ने हो भने गत १० मेमा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय बजार बढ्न सक्ने बुझिन्छ।

आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ।
बजारको हालको आरएसआइलाई आओरली बेसमा हेर्दा हालको आरएसआई ५९.९२ घट्दो क्रममा रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु १८ को तहमा पुगेपछि बजार उकालो लागेको थियो भने उच्चतम विन्दु ७० को तहमा बजार ओरालो लागेको थियो। यसलाई आधार मान्दा बजारमा बुलिस सिग्नल देखिन्छ।

पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २२७४
घटेमा सपोर्ट

निष्कर्ष
अघिल्लो साता झन्डै १०१ अंक बढेको बजारमा करोबारको अन्तिम दिन लगभग १८ अंकले गिरावट आएको छ। प्राविधिक रुपमा बजारलाई हेर्दा अल्पकालमा केही अंक बजारमा गिरावट आउन सक्ने देखिन्छ। कारोबार बढेका कारण बजार दीर्घकालमा भने बलियो बन्दै गएको र केही करेक्सन हुँदै माथि नै जाने देखिन्छ।
बोलिंगर ब्यान्डको आओरली चार्टमा हेर्दा अप्पर ब्यान्डमा क्यान्डल स्टिकले छोएर झर्न तथा आओली चार्टमा नै आरएसआई पनि घट्दो क्रममा ६० भन्दा तल रहेका कारण बजारमा आगामी कारोबारमा सामन्य करेक्सन हुन सक्ने देखिन्छ। कारोबार तथा सेयर भोलुम बढेका कारण बजार दीर्घकालमा भने माथि नै जान सक्ने देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19