– रेखा चन्द
काठमाण्डौ । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेको छ। नियामकीय निकायहरुको पुँजीबजार प्रतिकूल नीतिहरुले बजार निरन्तर ओरालो लागेको भन्दै लगानीकर्ताहरु यतिबेला आन्दोलित भएका छन्।
गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले दैनिकजसो आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। उता समितिका संयोजक तिलक कोइरालो विगत ५ दिनदेखि नेपाल धितोपत्र बोर्डबाहिर आमरण अनशनमा बसेका छन्।
आन्दोलनकै पूर्वनिर्धारित कार्यक्रमअनुसार आज लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक घेराउ गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो। तर राष्ट्र बैंक घेराउ गर्न त उनीहरु सफल भएनन्। लगानीकर्ता केही नेता गएर राष्ट्र बैंकमा १९ बुँदे मागसहितको ज्ञापनपत्र भने बुझाए।
आज आन्दोलन अग्रपंक्ति शारीरिक अपांगता भएका एक लगानीकर्ता देखिए। उनी आन्दोलनलाई समर्थन गर्न पूर्वाधारित समयमै गहनामपोखरी पुगेका थिए।
ती लगानीकर्ता हुन्, राष्ट्रिय अपांग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्षसमेत रहेका नीलकण्ठ पौडेल। उनी विगत ३ वर्षदेखि सेयर बजारमा सक्रिय छन्।
आज तिनै लगानीकर्ताको सेयर बजारको विगत र अहिलेको अवस्थाबारे आफ्नो धारणा यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका छौँ।
मेरो नाम नीलकण्ठ पौडेल हो। म ३८ वर्षको भएँ। म झन्डै ३ वषदेखि सेयर कारोबार गरिरहेको छु।
अहिले हामी १९ बुँदे माग पूरा गराउन आन्दोलन गरिरहेका छौँ। म लगानीकर्ता भएको हिसाबले तथा हामी अपांगता भएका व्यक्तिको लगानी पनि अहिलेको अवस्थामा डुबेकाले म यसरी आन्दोलमा आउनुपरेको हो। अहिलेको बजारको अवस्थालाई लिएर कुनै पनि निकाय गम्भीर नदेखिएकाले पनि यसरी सडकमा उत्रिनुपरेको छ।
सेयर बजार भनेको हामीजस्ता अपांगता भएका व्यक्तिलाई आम्दानीको राम्रो स्रोत हो। अपांगता भत्ताले अपांगता व्यक्तिले सेयर भर्न सक्छन् तर अहिलेको समय लगानीकर्तालाई नै निराश बनाउने खालको महौल भएको छ। मैले मजस्ता अन्य व्यक्तिलाई नआत्तिन र धैर्य गर्न आग्रह गर्दछु। अहिले लगानीकर्तालाई निरुत्साहित बनाउने काम भएको छ। मजस्ता धेरै व्यक्ति सेयर बजारमा आउन चाहन्थे तर सेयर बजारप्रति सरकारको बुझाइ गलत भएकाले उनीहरु पनि बजारलाई नकारात्मक दृष्टिकोणले हेर्न बाध्य भएका छन्।
हामीले देशभरका ३० लाख अपांगता भएका व्यक्तिलाई सेयर बजारमा जोड्न चाहन्थ्यौँ। तर, सरकारको कठोर नीति मेरो मनमा बिझ्यो र म आफैँ आन्दोलमा सहभागी भए।
हाम्रो तथ्यांकअनुसार करिब १५ हजार अपांगता व्यक्ति सक्रिय रुपमा सेयर कारोबार गरिरहेका छन्। म करिब १८ वर्ष अघिदेखि आईपीओ भर्ने गरेको थिए। पहिले त दोस्रो बजारमा मेरो आकर्षण थिएन। जब कोरोनाको समयमा १८०० को विन्दुमा सेयर बजार थियो। त्यो बेला एकजना लगानीकर्ता सरले मलाई ‘तपाइँ सेयर बजारमा लाग्नुस्’ भनेर सल्लाह सुझाव दिनुभयो। मलाई सुरुमा उहाँको कुराको विश्वास लागेन। त्यसैले मैले सेयर बजारतर्फ ध्यान पनि दिइनँ।
पछि विस्तारै बजार २००० बाट २१०० को विन्दुमा अरुले कमाएको देखेँ, सुनेँ। मेरै आईपीओ पनि बढ्दै गयो। अनि बल्ल मैले सेयर भनेको सम्पत्ति रैछ भनेर बुझँे। हामीजस्ता अपांगता व्यक्तिलाई अझै बढी सेयर बजार आवश्यक छ भनेर मैले महसुुस गरे र दोस्रो बजारमा प्रवेश गरेँ।
पहिला त लाइनमा बसेर म फलानो कम्पनीको सेयर किन्न चाहन्छु भनेर चिच्याउने समय थियो तर अहिले त्यो अवस्था छैन। टीएमएमका कारण अहिले सेयर खरिदबिक्री गर्ने धेरै सहज छ। तर अझै पनि सुधारका खाँचोहरु धेरै छन्।
मैले ३६ लाख रुपैयाँ लगानी गरेर ८२ लाख रुपैयाँ पुर्याएको थिएँ। तर, मैले साँवा रकमले मात्रै सेयर किन्नुपर्ने रहेछ। मैले सबैको सेयर किन्दै सेयर संख्या बढाउँदै गए। त्यसैले सेयर संख्या चाहिँ मेरो धेरै छ। कमाएको रकम बजार घटेको बेलामा हाल्नुपर्ने रहेछ। तर, पछिल्लो समय म बराबरमा आएको छु। कम्पनीहरुले बोनस दिएपछि भने म नाफामै छु।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19