– अनन्त्य सुन्दर
काठमाण्डौ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने काम भएको छ।
चुनावका लागि प्रत्यक्षतर्फ आज सेयर बजारका अगुवा तथा लगानीकर्ताहरुले पनि निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन दर्ता गरेका छन्। लगानीकर्ता संघसंठनका नेताहरुले पटक–पटक लगानीकर्ता र बजारका समस्या र मौलाएका विकृतिहरुबारे सडकका साथै अनसनमा उत्रिएर आवाज बुलन्द गराउँदै आएका थिए।
लगानीकर्ताका समस्या सडकमा मात्र नभएर सदनसम्म बुलन्द गराउने भन्दै यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि लगानीकर्ता संघसंगठनका नेताहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–१ बाट आउँदो प्रतिनिधिसभा चुनावका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले हाम्रो नेपाली पार्टीबाट भक्तपुर–१ (क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष तथा हाम्रो नेपाली पार्टीका प्रवक्ता रोहन कार्कीका अनुसार बजारका सक्रिय लगानीकर्ता तथा स्वतन्त्र पुँजीबजार संघका सचिव विनोद बजगाईं हाम्रो नेपाली पार्टीबाट समानुपातिकबाट उठ्ने तय भएको छ। बजगाईंले यसअघि काठमाण्डौ क्षेत्र नम्बर–१ (क) बाट उम्मेदवारी दिने चर्चा थियो।
कार्कीले भने आसन्न चुनावमा आफ्नो उम्मेदवारी नदिने निर्णय गरेका छन्। उनले यसअघि प्रतिनिधिसभाको चुनावका लागि काठमाण्डौ क्षेत्र नम्बर–२ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले पनि उम्मेदवारी नदिने निर्णय गरेकी छन्। पोख्रेलले यसअघि काठमाण्डौ–४ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19