काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक डा. विमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।
तिवारीले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा भएका छन्।
उम्मेदवारी दर्ता गरेपछि तिवारीले आफ्नो उपस्थिति विद्यमान समयमा व्यक्तिगत सिर्जना र स्वार्थका कार्यभन्दा सामाजिक उत्तरदायित्व र जवाफदेहीतालाई अर्थपूर्ण ठानेको बताएका छन्। आफूले यसपटकको चुनावमा जनताका तर्फबाट जनताको जीत सुनिश्चित गर्न निश्चित लक्ष्यका साथ प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको उनले बताए।
आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार गत आइतबार उम्मेदवार मनोनयन दर्ता गरिएको थियो।
तिवारी लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्। उनले भर्खरै भारतको मैसुर विश्व विद्यालयबाट मौद्रिक नीतिमा विद्यावारिधि गरेका छन्।
आफूले युवाहरुको आवाज संसदमा पुर्याउने भएकाले मतदाताले आफूलाई विजय गराउनेमा ढुक्क रहेको तिवारीले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago