काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार सेयर बजारमा उछाल आएको छ। कारोबार रकम पनि सुधार भएको छ।
बजार आज ५६.८८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२९.०३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.९८ अंकले बढेर ३९१.३१ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी सरकार र अर्थमन्त्रीप्रति लगानीकर्ताको विश्वास बढेका कारण बजार बढेको बताउँछिन्। ‘केही नीतिगत व्यवस्थामा परिवर्तन भएका छन्, जस्तै स्थानीय तहको रकम बैंकहरुले गणना गर्न पाउने समयावधि थप हुनुले पनि बजार बढ्नमा टेवा पुगेको छ’, उनले भनिन्, ‘आजमात्रै राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको रिपो जारी गरेको छ।’
अर्को कुरा भनेको अहिले उठिरहेका नीतिगत विषयमा सरकार र अर्थमन्त्रीले सम्बोधन गर्ने आशाले पनि लगानीकर्ताको मनोबल बढेको तिवारीको भनाइ छ।
पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोलले सेबोनले व्यापारिक लाइसेन्स वितरण प्रक्रियाका लागि संशोधित नियमावलीविरुद्ध परेको रिट हिजोको सर्वोच्च अदालतले खारेज गर्दा पनि बजार बढेको बताउँछन्। ‘आजको बजार बढाइलाई केलाउने हो ट्रेडर र इन्भेस्टर दुवै किसिमका लगानीकर्ता बजारमा प्रवेश गरेको देखिन्छ’, उनले भने, ‘योसँगै हराएको मनोबल बढेको छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन वित्त समूह सर्वाधिक ५.३८ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ४.९२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.८२ प्रतिशत, विकास बैंक समूहमा ३.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.९१ प्रतिशत, जीवन बीमा समूहमा ३.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.२२ प्रतिशत, लघुवित्त समूहमा २.६० प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४१ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.३९ प्रतिशत, अन्य समूहमा २.७८ प्रतिशत र व्यापार समूहमा २.४७ प्रतिशतले उकालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका ८० लाख २४ हजार ५५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १० करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको १० करोड १४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ६६ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड २८ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड १६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ५ करोड २४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७७ लाख रुपैयाँ र अपर तामाकोशीको ४ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ९ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। हिमालयन ऊर्जा, सानिमा लाइफ र श्रृजनशील लघुवित्तमा १० प्रतिशत तथा धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ, श्वेत–गंगा हाइड्रोपावर, रिलाइन्स लाइफ र सिद्धार्थ इन्स्योरेन्सको १० प्रतिशतको हाराराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन छ्याङ्दी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो सेयरभाउको १ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago