काठमाण्डौ । सेयर बजारमा बुधबार भारी वृद्धि भएको छ।
आज बजार ६४.८७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१२५.९४ को विन्दुमा उकालो लागेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.०९ अंकले बढेर ४०८.७२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार मुक्ति अर्यालय आज बजार ठूलो अंकले बढ्नुको कारण राष्ट्र बैंकले लघुवित्तमा लगाउँदै आएको १५ प्रतिशतको क्याप हटाउन लागेको भन्ने हल्ला रहेको बताउँछन्। ‘राष्ट्र बैंकले यसअघि ब्याजदरमा लगाउँदै आएको नियम पनि परिवर्तन गर्ने र ब्याजदर पनि घट्ने हल्लाले लगानीकर्ताको मनोबल बढेको देखिन्छ’, उनले भने।
आज राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधन गर्ने खबरले पनि बजार सकारात्मक बनेको अर्याल बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ९.७४ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ५.७२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२३ प्रतिशत, विकास बैंक समूहमा ४.४३ प्रतिशत, वित्त समूहमा ४.०३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७७ प्रतिशत, जलविद्युत समूहमा ४.१८ प्रतिशत, लगानी समूहमा ५.७२ प्रतिशत, जीवन बीमा समूहमा १.४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.४१ प्रतिशत, लघुवित्त समूहमा ५.६७ पतिशत, म्युचुअल फन्ड समूहमा १.७६ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.३३ प्रतिशत र अन्य समूहमा ३.६७ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३८ कम्पनीका ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ११ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सानिमा माई हाइड्रोपावरको १० करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको १० करोड ४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड ४० लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड २१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड ७९ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ६२ लाख रुपैयाँ, नागरिक लगानी कोषको ६ करोड ३० लाख रुपैयाँ र अपी पावरको ५ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सकिर्ट लागेको छ। जसमा ८ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशत तथा १६ वटा कम्पनीको सेयरभाउमा १६ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
त्यस्तै ४ वटा कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज अजोड इन्स्योरेन्सको सेयरधनीले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19