काठमाण्डौ । सेयर बजार सोमबार भारी गिरावट आएको छ।
बजार आज ४१.०१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१२७.५२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.३३ अंकले घटेर ४०२.९८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी राजनीतिक अन्यौलताले नै बजार घटेको बताउँछिन्। ‘तरल राजनीतिक अवस्था बन्दै जाँदा अर्थमन्त्री फेरिएलान् भन्ने डर लगानीकर्तामा देखिएको छ’, उनले भनिन्,, ‘राष्ट्रपतिको चुनाव पनि केही ढिला हुने भएकोले लगानीकर्ताहरु सेफ साइडमा बसेको हुन सक्छ।’
अर्का बजार महेश रिजाल पनि आज बजार घट्नुमा राजनीतिक कारण नै रहेको बताउँछन्। प्राविधिक रुपमा पनि २१३५ बाट तल झरेपछि बजार केही घटेको उनले बताए। ‘नीतिगत व्यवस्था अहिले नै कुनै सहजता नभएकोले पनि लगानीकर्ताहरु आश्वस्त हुन नसकेको देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.६१ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.४२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.१५ प्रतिशत, विकास बैंक समूहमा २.५२ पतिशत, जलविद्युत समूहमा २.८९ प्रतिशत, लगानी समूहमा २.७७ प्रतिशत, जीवन बीमा समूहमा १.१० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३८ प्रतिशत, लघुवित्त समूहमा १.७९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२७ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८५ प्रतिशत, अन्य समूहमा २.१६ प्रतिशत र व्यापार समूहमा १.८८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५६ कम्पनीका ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक १७ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। रिडी पावरको १० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको आज पिपुल्स हाइड्रोपावरको ९ करोड ५६ लाख रुपैयाँ, अपर तामाकोशीको ९ करोड ३५ लाख रुपैयाँ, अपी पावरको ७ करोड ७७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड ५७ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ६ करोड १९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड २ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँ र नेपाल टेलिकमको ५ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन युनाइटेड इदी मर्दीका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago