काठमाण्डौ । आईपीओ ल्याउने तयारी गरिरहेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सेयर खरिदबापतको रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीमा हाल कायम रहेका सेयरधनीहरुले मात्र निजको नाममा कम्पनीमा अभिलेख कायम सेयरको अनुपातमा खरिद गर्न पाउने सेयर जारी गर्न स्वीकृत प्राप्त प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख कित्ता था साधारण सेयरपबापतको रकम जम्मा गर्न आग्रह गरेको हो।
कम्पनीले आज एक सूचना जारी गर्दै उक्त रकम ३५ दिनभित्र कम्पनीको बैंक खातामा जम्मा गरी सोको सक्कल भौचर कम्पनीमा पेस गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।
तोकिएको अवधिभित्र सेयर खरिदबापत हुन आउने रकम जम्मा नगरेको खण्डमा वा सेयर बिक्री गर्ने हक अरुलाई बिक्री वा हस्तान्तरण नगरेमा कम्पनीको सञ्चालक समितिले निर्णय गरेबामोजिम उक्र सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने सूचनामा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19