काठमाण्डौ । प्रतिनिधिसभामा आज सेयर बजारमा लगाइँदै आएको पुँजीगत लाभकरका विषयमा पनि कुरा उठेको छ।

प्रतिनिधिसभामा चलिरहेको प्रि–बजेट छलफलमा सांसद ईश्वरी घर्तीले सेयर बजारमा लिइँदै आएको पुँजीगत लाभकरका विषयमा कुरा उठाएकी हुन्। घर्तीले आफ्नो ९ बुँदे सुझावमा सेयर बजारलाई पनि राखेकी छन्। 

अर्थतन्त्रको ऐना भनेको सेयर बजार रहेको घर्तीले बताइन्। उनले सेयर बजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक पुँजीगत लाभकरको व्यवस्था उल्लेख पनि गरिन्। ‘सेयर बजारमा अल्पकालीनलाई पुँजीगत लाभकर ५ प्रतिशत र दीर्घकालीन २.५ लाभकर लिनुपर्छ’, उनले भने। 

हाल अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर लिइने गरेको छ। संस्थागतलाई भने यस्तो लाभकार १० प्रतिशत रहेको छ।